देशभरबाट प्राविधिक बोलाएर नेपाली सेनाले गर्यो कोरोना विरुद्ध लड्ने तयारी
विश्व स्वास्थ्य संगठनले नेपाललगायत दलक्षिण एशीयाका देशहरुमा कोरोनाको संक्रमण बढ्न सक्ने चेतावनि दिएपनि नेपाली सेनाले यस विरुद्ध लड्ने तयारी गरेको छ ।
नेपाली सेनाले कोरोनाको उपचारको पूर्व तयारी सुरु गरेको हो । नेपाली सेनाको मुख्यालयमा कोरोनाका संक्रमितको लागि आइसोलेसन वार्ड निर्माण थालेको हो ।
नेपाली सेनाका ५० जना मेडिकल क्षेत्रका र आइसोलेसनमा आवश्यक पर्ने विभिन्न जनशक्ति समेटेर कसरी वार्ड तयार पार्न सकिन्छ भनेर पूर्व अभ्यास गरेको हो । देशभरका १८१ जना प्राविधिकलाई सेनाले छनौट गरेर उनीहरुलाई प्रयोगात्मक ज्ञान प्रदान गरेको सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभएको छ ।
क्वारेनटाइन जुनसुकै समयमा बनाउनु पर्ने भएकाले कोरोनाको उच्च जोखिमपूर्ण अवस्था हेरेर सेनाले पूर्व तयारी थालेको प्रवक्ता पाण्डेले बताउनुभयो । झट्ट हेर्दा क्वारेनटाइन भन्ने वित्तिकै मेडिकल सेवा मात्रै नभएर इलेक्ट्रिसियन,पम्बर, सिकर्मी, डकर्मीको समेत उत्तिकै आवश्यकता हुने भएकाले सोही अनुसार नेपालभरका सेना भित्रका १८१ जना प्राविधिकलाई तयारी कक्षा प्रदान गरेको हो । बुधबार सैनिक मुख्यालयमा उनीहरुले पूर्व अभ्यास समेत गरेका थिए ।