मिर्गौला दिने समिक्षा डिस्चार्ज भएपछि अस्पतालले भन्यो- प्रधानमन्त्रीको अवस्था सामान्य छ
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दिने समीक्षा संग्रौलालाई डिस्चार्ज गरिएपछि अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारि दिएको छ ।
मृगौला प्रत्यारोपण गरिएको ९ औं दिनपनि ओलीको नियमित स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको चिकित्सकहरुले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले परीक्षणका नतिजाहरु सामान्य र सुधारोन्मुख रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको उहाँले बताउनुभयो । गत हप्ताको बिहीबार मृगौलाको प्रत्यारोपण गराउनुभएको ओलीले नियमित आहार लिइरहनुभएको छ ।
ओलीलाई मृगौला दिने समीक्षा संग्रौलालाई डिस्चार्ज गरिएपनि उहाँलाई कहिले डिस्चार्ज गर्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन् । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म २ जनाबाहेक अरुलाई भेट्न समेत दिइएको छैन् । मृगौला दिने संग्रौला र प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य बाहेक अरुलाई भेट्न नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।