कोही संक्रमित पुष्टि भए सरकारले जिम्मा लिन्छ, नभए आफैं क्वारेन्टाइनमा बस्ने हो : स्वास्थ्यमन्त्री

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाको त्रासले आतंकीत नहुन र आफैंले सजगता अपनाउनुपर्ने बताउनुभएको छ । कोरोनाको मनौवैज्ञानिक आतंकले देश आक्रान्त भएको भन्दै ध्याकर्षणसहितको युवासंघको ज्ञापन पत्र बुझ्दै मन्त्री ढकालले मंगलबार मन्त्रालयमा सो धारणा राख्नुभएको हो ।

कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिममा सरकारले लिने मन्त्री ढकालले बताउनुभयो । ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था गर्ने उहाँको भनाइ छ । ‘विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश हुन्छ । १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउँछ’, उनले भने, ‘क्वारेन्टाइन भन्ने वित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौँ । अब सेल्फ ९आफै० क्वारेन्टाइनमा मान्छेहरु बस्नुपर्छ ।

डब्ल्युएचओको मापदण्डभित्र बस्नुप(यो । दिनैपिच्छे ज्वरु आको छ छैन भन्ने नाप्न सकिहाल्छ । कति दुरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौँ ।’

युवा संघका नेपालका संयोजक रामप्रसाद सापकोटाको नेतृत्वको प्रतिनिधिमण्डलले सामाजिक सञ्जाल र विभिन्न आम सञ्चार माध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेसण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ ।

विमानस्थल, भारतीय सीमा नाकाहरुमा स्वास्थ्य चेकजाँचको प्रभावकारी व्यवस्था गर्नुका साथै भाइरस संक्रमित देशबाट नेपाल आउने जो कोहीलाई क्वारेन्टाइन्मा राख्ने व्यवस्थाले मात्रै संक्रमण नफैलने सुनिश्चिता गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।