दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली अस्पतालमा : बुधबार प्रत्यारोपण
प्रधानमन्त्री के पी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल अस्पताल भर्ना हुनुभएको हो ।
प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि मंगलबार भर्ना हुनुभएको हो । बुधबार प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको मिति तोकिएको छ । शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बढीमा हप्तादिनमा प्रधानमन्त्री ओली घर फर्किने बताउनुभयो ।
अहिलेसम्म ८ सय व्यक्तिको सफल मृगौला प्रत्यारोण गरिएको बताउँदै डा. खड्काले बढीमा ७ दिनसम्म अस्पतालमा राखेर घर पठाउने गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शिक्षण अस्पतालमै गर्न पाउनु गौरबपूर्ण कुरा र अवशर भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले स्वदेशमै मृगौला प्रत्यारोपण गर्ने निर्णयले जनतामा अस्पतालप्रतिको विश्वास झनै बढ्ने र नेताहरु उपचारका लागि विदेश जाने क्रम कम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने भिडियो सन्देश मार्फत बताउनुभएको छ ।