यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय. मूलखबर संवाददाता काठमाडौं, २७ पुस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख डा। शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ ।. गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।. प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भन्नुभयो, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।”. प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”. नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन ।. सभामुखमा पुर्व माओवादीबाट अग्नी सापकोटा र पम्फा भुषालको नाम अगाडि सारिएको छ भने पुर्व एमालेबाट पुर्व सभामुख शुवास नेम्वांगको नाम अगाडि सारिएको छ । त्यसैगरी वर्तमान उपसभामुख डा. तुम्बाहाङफेले पनि आफूले सभामुख पाउनुपर्ने दावी गर्नुभएको छ ।.
उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय
मूलखबर संवाददाता
काठमाडौं, २७ पुस
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुख डा। शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ ।
गत असोजदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको छ । सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपा भित्र छलफल जारी भएपनि ठोस निर्णय हुन सकेको छैन । निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आइतबारका लागि बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा शनिवार
बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो । सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भन्नुभयो, “सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ ।”
प्रवक्ता श्रेष्ठले नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित हुनुभएका शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुहुनेछ ।”
नेकपाले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने कुनै निर्णय गरेको छैन ।
सभामुखमा पुर्व माओवादीबाट अग्नी सापकोटा र पम्फा भुषालको नाम अगाडि सारिएको छ भने पुर्व एमालेबाट पुर्व सभामुख शुवास नेम्वांगको नाम अगाडि सारिएको छ । त्यसैगरी वर्तमान उपसभामुख डा. तुम्बाहाङफेले पनि आफूले सभामुख पाउनुपर्ने दावी गर्नुभएको छ ।