यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
छामी हेर मुटुभित्र देश छ कि छैन ? छामी हेर मुटुभित्र देश छ कि छैन? मिसमराज अधिकारी काठमाडौं छामी हेर आफ्नो मुटु देश छ कि छैन? जुन छातीमा नेपाल छैन त्यो नेपाली हैन । हिमाल झै अजर अमर गौरव छ कि छैन? स्वाभिमान नहुने त्यो, नेपाली नै हैन ।. छातीभरि पहरा र छहराको छाया नशा भरि नदि नाला सिमानाको माया मन भित्र हिमाल, पहाड, तराई छ कि छैन? जुन मनमा यस्तो छैन त्यो नेपाली हैन ।. नाम नेपाल थर नेपाल जात नेपाल हाम्रो एकता र सह(अस्तित्व लाग्छ साह्रै राम्रो । देशको लागि मर्छु भन्ने जोस छ कि छैन? जस्मा जोस छैन साथी, त्यो नेपाली हैन ।. खानी खायो, पानी खायो सिमा मिच्यो आज अझै के के खाला साथी नरभक्षी वाज । बिस्तारवादी शीत लडने आट छ कि छैन? जस्मा यस्तो आट छैन, त्यो नेपाली हैन ।. राष्ट्रिय यो संकटमा एक जुट हुनु पर्छ । हामी एकजुट भई लडे दुष्मन पनि हार्छ । त्यो दुष्मन् लाई हराउने चाह छ कि छैन्? जस्मा यस्तो चाह छैन त्यो नेपाली हैन ।. राष्ट्र निर्माण अभियानमा हामी हिड्नु पर्छ । स्वाभिमानी, आत्मनिर्भर नेपाल पार्नु पर्छ । देशको मुहार हसाउने चाह छ कि छैन? जस्मा यस्तो चाह छैन त्यो नेपाली हैन ।. जातपाति भेदभाव छुवाछूत मुक्त नेपाल र नेपालीको बन्नु पर्छ भक्त । नेपाल र नेपालीको भक्ति छ कि छैन? जस्मा यस्तो भक्ति छैन त्यो नेपाली हैन ।. अनेकतामा एकताको पहिचान हाम्रो माहुरी को गोला जस्तो समर्पण छ राम्रो । देशको लागि समर्पण को भाव छ कि छैन? जस्मा यस्तो भाव छैन त्यो नेपाली हैन ।।।. मिसमराज अधिकारी रत्ननगर न.पा.वडा नं. १४ चितवन.
छामी हेर मुटुभित्र देश छ कि छैन ?
मिसमराज अधिकारी
काठमाडौं
छामी हेर आफ्नो मुटु देश छ कि छैन ?
जुन छातीमा नेपाल छैन त्यो नेपाली हैन ।
हिमाल झै अजर अमर गौरव छ कि छैन ?
स्वाभिमान नहुने त्यो , नेपाली नै हैन ।
छातीभरि पहरा र छहराको छाया
नशा भरि नदि नाला सिमानाको माया
मन भित्र हिमाल, पहाड , तराई छ कि छैन ?
जुन मनमा यस्तो छैन त्यो नेपाली हैन ।
नाम नेपाल थर नेपाल जात नेपाल हाम्रो
एकता र सह(अस्तित्व लाग्छ साह्रै राम्रो ।
देशको लागि मर्छु भन्ने जोस छ कि छैन ?
जस्मा जोस छैन साथी , त्यो नेपाली हैन ।
खानी खायो , पानी खायो सिमा मिच्यो आज
अझै के के खाला साथी नरभक्षी वाज ।
बिस्तारवादी शीत लडने आट छ कि छैन ?
जस्मा यस्तो आट छैन , त्यो नेपाली हैन ।
राष्ट्रिय यो संकटमा एक जुट हुनु पर्छ ।
हामी एकजुट भई लडे दुष्मन पनि हार्छ ।
त्यो दुष्मन् लाई हराउने चाह छ कि छैन् ?
जस्मा यस्तो चाह छैन त्यो नेपाली हैन ।
राष्ट्र निर्माण अभियानमा हामी हिड्नु पर्छ ।
स्वाभिमानी , आत्मनिर्भर नेपाल पार्नु पर्छ ।
देशको मुहार हसाउने चाह छ कि छैन ?
जस्मा यस्तो चाह छैन त्यो नेपाली हैन ।
जातपाति भेदभाव छुवाछूत मुक्त
नेपाल र नेपालीको बन्नु पर्छ भक्त ।
नेपाल र नेपालीको भक्ति छ कि छैन ?
जस्मा यस्तो भक्ति छैन त्यो नेपाली हैन ।
अनेकतामा एकताको पहिचान हाम्रो
माहुरी को गोला जस्तो समर्पण छ राम्रो ।
देशको लागि समर्पण को भाव छ कि छैन ?
जस्मा यस्तो भाव छैन त्यो नेपाली हैन ।।।
मिसमराज अधिकारी
रत्ननगर न.पा.वडा नं. १४
चितवन