मृगौला पीडित रेग्मीलाई लमजुङ अमेरिका सेवा समाजको आर्थिक सहयोग
दुबै मृगौला फेल भई बनस्थलीस्थित राष्ट्रिय मृगौला उपचार केन्द्रमा डायलासिस गरिरहनुभएका दोर्दी गापा वडा नं २ लमजुङका श्रीभक्त रेग्मीलाई अमेरिकामा रहेका लमजुङहरुले आर्थिक सहयोग गरेका छन् । समाजसेवी, बुद्विजिवि तथा नेकपा नेता समेत रहेका ६२ वर्षीय रेग्मीको उपचारमा सहयोग पुर्याउन अमेरिकामा रहेका लमजुङवासीहरुको संस्था लमजुङ अमेरिका सेवा समाजले रू १ लाख ६९ हजार ३ सय ८५ सहयोग जुटाएको थियो ।
विगत लामो समयदेखि औषधी खाएर उपचार गरिहनुभएका रेग्मीको केही समय अघिदेखी दुबै मृगौलाले काम गर्न छाडेपछि हाल नियमित डायलासिस गरिरहनुभएको छ । सेवा समाजका अध्यक्ष शशी थापाको संयोजन र पहलमा पठाइएको उक्त रकम बनस्थलीस्थित राष्ट्रिय मृगौला उपचार केन्द्रमा पुगेर लमजुङ काठमाडौं एकता समाजका पदाधिकारीले हस्तान्तरण गरेका हुन् । अर्चलबोट र लमजुङबाट गएर अमेरिका बसोवास गरिरहेका युवा मित्रहरूबाट पठाउनुभएको रू १ लाख ६९ हजार ३ सय ८५ अस्पतालमै पुगेर हस्तान्तरण गरिएको नेपालबाट संयोजन गर्नुभएका लक्ष्मी नारायण माविका पुर्व प्रअ तथा समाजसेवी भरत पौडेलले जानकारी दिनुभयो । ।
पीडित रेग्मीले आफूलाई अमेरिकामा रहेका भाइहरुले सहयोग पठाएकोमा धेरै खुशी लागेको बताउँदै सहयोगि सबैलाई विशेष धन्यवाद दिनुभएको छ र आभार प्रकट गर्नुभएको छ ।
लमजुङ अमेरिका सेवा समाजका अध्यक्ष शशी थापा, चिकित्सक डा. महेन्द्र पौडेलसहितले रकम सहयोग पठाएका थिए । त्यसैगरी रकम सहयोग पठाउनेहरुमा गणेश अधिकारी, दिनेश कमाली ए, दिनेश कमाली बी, सागर कुँवर खड्का, विनोद कुँवर, सुवोध विलास पन्त, अर्जुन पौडेल, विश्वास गुरुँग, राजकुमार कुँवर, राम कुँवर, रोशन कुँवर, रितेश कुँवर, लक्ष्मण रिमाल, यम कुँवर, राजन कुँवर खड्का, मनोज रेग्मी, विदुर विक, राजकुमार खड्का, विनोद लामिछाने र रुथमान गुरुँग रहेका छन् ।
हस्तान्तरण कार्यमा लक्ष्मी नारायण माविका भुपु प्रअ भरत पौडेल, समाजसेवी पुर्ण ब. कुँवर, रेडियो भोटेओडारका निर्देशक सन्तोष पौडेल, अर्चलबोट काठमाडौं एकता समाजका अध्यक्ष निराजन कुँवर, कोषाध्यक्ष उर्मिला माझी पौडेल, प्रकाश मरेटालगायत सहभागि हुनुहुन्थ्यो ।
सहयोगी सबै महानुभावहरुप्रति हार्दिक धन्यवाद हाम्रो तर्फबाट पनि ।