नेकपाले गर्यो सात प्रदेशका प्रमूखका नाम सिफारिस (नामावलीसहित)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले सात प्रदेशका प्रमूखको नाम टुंग्याएको छ । आइतवारदेखि रिक्त सातै प्रदेश प्रमुखको नाम टुंगो लगाउन बसेको नेकपा सचिवालयको बैठकले उनीहरुको नाम टुंग्याएको बताइएको छ। बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखमा नियुक्तिका लागि नाम टुंगो गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपाका श्रोतका अनुसार प्रदेश प्रमुखमा सिफारिस भएकाहरुमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन्। जसमध्ये पुर्व माओवादीबाट ३ जना र पुर्व एमालेबाट ४ जनाको नाम सिफारिस गरिएको छ ।
जसमध्ये पुर्व माओवादीबाट ३ जना र पुर्व एमालेबाट ४ जनाको नाम सिफारिस गरिएको छ ।
चितवनका शेरचन पूर्वउपप्रधानमन्त्री समेत हुन् । एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहेका शेरचन माओवादी हुँदै अहिले नेकपामा सक्रिय थिए ।
कास्कीका अधिकारी पूर्वसभासद हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार थिए । बाँकेका तिलक परिवार पूर्वसभासद हुन् । प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य समेत हुन् ।
यस्तै बैतडीका कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । एमाले फुटेर माले बन्दा त्यता गएका उनी पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय थिए ।
प्रसाई मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार थिए । यस्तै चितवनकी त्रिपाठी तत्कालीन माओवादीसम्वद्ध वेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले वेपत्ता पारेको थियो ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३ माघ २०७४ मा नियुक्त गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेको थियो।