ट्रम्पविरुद्ध महाअभियोग अघि बढाउन बाटो खुला, पक्षमा २३२ र विपक्षमा १९६ मत
अमेरिका, १५ कात्तिक ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । अमेरिकी सांसदहरुले बिहीबार पहिलो पटक ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउन मतदान गरेका छन् । महाअभियोग प्रस्तावमाथि मतदान हुँदा पक्षमा २३२ र विपक्षमा १९६ मत खसेको जनाइएको छ ।
अमेरिकी संसद केहाउस अफ् रिप्रेजेन्टिभ्स् ले बिहीबार राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग चलाउने प्रस्तावलाई मञ्जुरी दिएको श्रोतहरुले पुष्टि गरेका छन् ।
महाअभियोग लगाउने डेमोक्रेटिक पार्टीलाई सभामा बहुमत मिलेको छ । ट्रम्पमाथि आफ्नो विरोधी जो बिडेन र उनका छोराविरुद्ध युक्रेनको ग्यास कम्पनीमा भ्रष्टाचारको मामिलामा जाँचको लागि युक्रेनलाई दबाब दिएको आरोप लागेको छ ।
महाअभियोग प्रस्तावमा जासुसी मामिलाको समितिका प्रमुख एण्ड स्किफको नेतृत्वमा सार्वजनिक जाँच गर्ने बताइएको छ । समितिका अध्यक्ष मैक्गवर्नले आफूसँग राष्ट्रपतिद्वारा शक्तिको दुरुपयोग गरेको, राष्ट्रिय सुरक्षा र चुनावी प्रक्रियासँग सम्झौता गरेको बलियो सबुत रहेको बताएका छन् ।
सदनको चार ओटा समितिले जाँचको दौरान सबुत र बयान जम्मा गरिएको र त्यसलाई चाँडै नै अमेरिकी जनतासमक्ष ल्याउने बताए । साथै यी सबुतबाट ट्रम्पले सन् २०२० को अमेरिकी चुनावमा फाइदाको लागि शक्तिको दुरुपयोग गरेको बताइएको छ ।
यस्तो हुन्छ महाअभियोग प्रस्ताव
प्रतिनिधि सभाको ६ समितिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोगको मामिलामा जाँच गर्नेछ । यसको अलावा महाअभियोग मामिला मजबुत पाइएको अवस्थामा त्यसलाई न्यायिक समितिमा पठाइनेछ ।
यदि जाँचमा ट्रम्पविरुद्ध सबुत नभेटिए उनी पदमा रहिरहनेछन् र सबुत मिलेको अवस्थामा प्रतिनिधि सभा महाअभियोग प्रक्रियाको विभिन्न धारा लगाउन संसदमा मतदान गराइनेछ ।
महाअभियोगको पक्षमा धेरै मत आउँदा प्रक्रिया अघि बढाएर संसदसमक्ष पठाइनेछ र धाराहरुको सुनुवाइ हुनेछ । फेरि संसदमा ट्रम्पलाई दोषी ठहराउनका लागि मतदान गराइनेछ । संसदले आयोजना गरेको यो मतदानमा ट्रम्पको पक्षमा दुइतिहाई भन्दा कम मत आउँदा उनी पदमा नै रहिरहनेछन् र मत बढी भएमा उनले कुर्सी छोड्नुपर्नेछ ।