खुल्ने भयो मलेसिया रोजगारी, यस्तो भयो दुई देशबीच समझदारी
मलेसियाको रोजगारी सुचारु गर्न बसेको मलेसियासँगको संयुक्त कार्यदलको बैठक अन्तत सहमतिमा टुङ्गिएको छ । दुई देशबिच रोजगारी सुचारू गर्नेविषयमा सहमति भएको छ तर आधिकारिक रुपमा सार्बजनिक भने गरिएको छैन ।
मंगलबार र बुधबारका लागि तय भएको बैठक थप छलफल गर्न भन्दै आजसम्मका लागि लम्बिएको थियो । दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिको बैठकले बिहिबार निष्कर्ष निकालेको हो । अबको केही समयमा दुई देशका प्रतिनिधिबिच सहमतिमा हस्ताक्षर हुने समाचार स्रोतले जानकारी दियो ।
नेपाली पक्षको नेतृत्व गर्दै वार्तामा सहभागी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले मंगलबार र बुधबारको बैठकमा दुवै पक्षले आ–आफ्नो धारणा सौहार्दपुर्णरुपमा राखेको जानकारी दिए ।
आजको बैठकका बारेमा केही समयमा जानकारी दिने घिमिरेले बताए । दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारीहरु सम्मिलित छन ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ०७५ जेठ ३ देखि मलेसियामा नेपाली युवा पठाउन रोक लगाएको थियो। कामदारको बीमा, फ्रि भिसा फ्रि टिकटको व्यवस्था कार्यान्वयनको अडान राख्दै नेपालले मलेसियामा नेपाली कामदार पठाउन रोकेको थियो। त्यसपछिको पटक पटक वार्तापछि मलेसिया रोजगारी खोल्ने नेपाल र मलेसियाबीच सहमति भएको हो।
दुई देशबीच श्रम सम्झौता भएपछि दोस्रो पटक बसेको प्राविधिक समितिको संयुक्त बैठकमा दुवै देशका अधिकारीहरु सम्मिलित छन् । मंगलबारको वार्तामा सहभागी एक मलेसियाली अधिकारीले बैठकमा नेपाली पक्षको प्रस्तुतिप्रति असन्तुष्टि जनाएका थिए । नेपाली पक्षको प्रस्तुतिमा वार्ताको निष्कर्ष निर्भर रहने बैठकपछि ति अधिकारीले बताए । संयुक्त बैठकमा स्वास्थ्य परीक्षण, सुरक्षा गार्ड र घरेलु कामदारको विषयमा छलफल भए पनि मुख्य एजेन्डा भने स्वास्थ्य परीक्षण गर्ने संस्था नै रहेको थियो ।
मलेसियाका मानव संशाधन मन्त्री एमएस कुलासेगरनले नेपालीका लागि मलेसियाको ढोका सधैं खुला रहेको बताएका छन् । दुई देशबीच सम्पन्न श्रम सम्झौताले नै सबै विषय समेटेको उल्लेख गर्दै मन्त्री सेगरनले सम्झौता कार्यान्वयनमा मलेसिया सधैं प्रतिवद्ध रहेको जनाए। ‘हाम्रो तर्फबाट नेपाली कामदार लिन कुनै अवरोध छैन । स्वास्थ्य संस्थाको विषयमा हामीले यसघि पनि पत्र पठाएर प्रस्ट पारिसकेका छौं। अहिलेलाई नेपाल सरकारले छनोट गरेका १ सय २२ स्वास्थ्य संस्था मध्येकै ३६ वटा संस्थाले स्वास्थ्य परीक्षण गर्नेछन् । जुन संस्थाहरु बायोमेडिकल र एफडब्लुसिएमयस सफ्टवएर सँग जोडिएका छन् ।
कामदार आपूर्ति गर्दा लाग्ने स्वास्थ्य परीक्षण,भिसा प्रक्रिया लगायत सबै खर्च मलेसियाली रोजगारदाताले व्यहोर्ने श्रम सम्झौतामै उल्लेख भएकाले मलेसियाली संयन्त्रबारे उठेको प्रश्नको जवाफ आफूसँग भन्दा पनि नेपाली पक्ष सँगै रहेको मन्त्री सेगरनको भनाइ छ । श्रम मन्त्रालयले मलेसियाले पठाएको मापदण्ड अनुसार छनोट भएका १ सय २२ संस्थाको नाम मलेसिया पठाइसकेपनि मलेसियाले तत्काल नयाँ मेडिकल सूचीकरण नगरी आवश्यकता अनुसार नयाँ मेडिकल थप गर्ने पत्र नेपाललाई पठाएको थियोे ।
श्रम मन्त्रालयले आवश्यकता अनुसार नयाँ मेडिकल थप गर्दै जाने मलेसियाको धारणालाई सकारात्मक रुपमा लिएका कारण संयुक्त कार्यदलको बैठक बसेको हो । मन्त्रालयले श्रम स्वीकृति रोक्नुअघि ३६ वटा स्वास्थ्य संस्थाले रोजगारीका लागि मलेसिया जाने कामदारको मेडिकल गर्दै आएका थिए । मन्त्रालयले ती संस्थाविरुद्ध कामदारबाट बढी पैसा लिएको आरोप लगाउँदै मुद्दा दायर गरेपनि मलेसियाले तीनै मेडिकलबाट नै कामदारको स्वास्थ्य परीक्षण गर्ने बताईसकेको छ ।
मलेसियाले सुरक्षा गार्डमा नेपालीलाई मात्र लिने गरेको छ । तर विवादका कारण द्विपक्षीय समझदारीको एक वर्ष पुग्न लाग्दा समेत नेपालले कार्यान्वयन गर्न नचाहेको भन्दै मलेसियाले अरु बिकल्पको बाटो खोजिरहेको बेला संयुक्त कार्यदलको बैठक बस्नुलाई ठूलो उपलब्धिका रुपमा हेरिएको छ । तर बैठकले पनि मलेसियाको रोजगारीमा सहमति नभए मलेसियाले अर्को बिकल्प खोज्ने बताईसकेको छ । अहिले नेपालसङ्गै मलेसियामा बङ्गगलादेशको प्रतिनिधिमन्डल पनि आएको छ ।
करिब एक वर्षअघि गत कात्तिकमा भएको द्विपक्षीय श्रम समझदारी कार्यान्वयनका लागि नेपाल र मलेसियाबीच सहसचिवस्तरीय संयुक्त कार्यदल रहने व्यवस्था छ । संयुक्त कार्यदलको दोश्रो बैठक मलेसियाको राजधानी क्वालालम्पुरमा मंगलबारबाट शुरु भएको छ । बुधबार टुंगिने भनिएको बैठक बिहीबार पुनः बस्ने गरि सकिएको थियो । त्यही अनुसार आज बैठक पनि सुरु हुँदैछ । राजदूत पाण्डेले दुई दिनसम्म चलेको छलफलका आधारमा संयुक्त कार्यदलको बैठक सम्झौता कार्यान्वयनको नजिक पुगेको बताए ।
उनले भने, ‘छलफल सकारात्मक छ, वार्ता जारी रहेको अवस्थामा अन्य विषय सार्वजनिक गर्न मिल्दैन तर गत कात्तिकमा भएको समझदारी कार्यान्वयन गर्ने बाटो खुल्छ र मलेसियाको रोजगारी खुल्छ भन्नेमा म पुर्ण आशाबादी छु । रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने मेडिकलका बारेमा नेपाल र मलेसियाबीच विगत १५ महिना फरक फरक दृष्टिकोण रहेको छ । मलेसिया कामदार जान नपाउनुको प्रमुख कारण नै त्यही विषय हो । संयुक्त कार्यदलमा अन्य विषयमा पनि छलफल भएपनि मुख्य विषय मेडिकलकै रहेका बताइएको छ ।