निशानामा प्रचण्ड !
उसो त काग्रेस ओरालो झर्नु, केपीको सत्तारोहण वा माधव नेपालको दर्जा मिलान राजनीतिमा चल्ने प्राय सवै तुफान प्रचण्डलाई नसोधी चल्दैनन । यहि अनौठो स्वभाव हो प्रचण्डको, जो कमैले बुझेका छन् । जो बुझे झै गर्दछन् तिनले हात्ति छामेभन्दा धेरै पाउँदैनन् ।
पछिल्लो दुई दशक राजनीतिमा प्रचण्ड एकछत्र छन् । शहरका भुँई नटेक्नेदेखि गाउँका चप्पल नदेख्नेसम्म । कतै आशा र कतै निराशा, तिनमा पनि प्रचण्ड उसरी नै छन् । जो बजारमा डलरको सपना देख्छन् र गाँउमा बाँच्न नसकेको यथार्थता पोख्छन् । केही सपनाहरु, सहिदका आफन्तजन एवम् परिवारको । नमरेर हारेको जस्तो जिन्दगी लिएर स्वास फेर्नेहरुका मनमा पनि आक्रोश वा स्नेह, प्रचण्ड छन् । यो यसै बनेकोे होइन मदन भण्डारीसँंग पार्टी एकताको बहस गरेको आकार आज नाती पुस्तासँग एक नौजवान जसरी देशको कम्युनिष्ट आन्दोलनका लागी कृयाशिल छ यो नै यसको कारण हो । त्यसो त विरोधका स्वरहरु पनि उसरी नै छन् मुख–मुख क्रान्ति र घाँटी–घाँटी प्रतिक्रान्तिको सुत्र पढ्नेहरुका लागी छेवैका जय–जयकार र मुर्दावाद सायद राजनीतिको अनिवार्यताभित्रै पर्दछन् । त्यसो त प्रचण्ड जनताबाट जोगाइएको, आफ्नो युगको सर्वोत्तम चेतनाले षड्यन्त्रका हज्जार छालवाट जोगीएर एक प्रलयकारी अतितबाट माझीएको नेतृत्व हो । उनलाई हार र जितका श्रृँखला थाहा छ । खाराको मोर्चा होस् वा संविधानसभा २ को निर्वाचन । धुलो टक्टकाएर फेरी जित्नेगरी अगाडि बढ्नु उनको विषेशता हो । उनले अति विस्वास गरिएका आफन्तवाटै जे धोका पाएर सिकेका छन् त्यो सायदै अरुले नहोला । बिशाल पार्टीको तख्ता पलटमा उभ्याइएका एल्त्सीनले उनको अगाडी जितेनन्, बरु हारे र साथी बने जो आज सँगै छन् ।
उसो त काग्रेस ओरालो झर्नु, केपीको सत्तारोहण वा माधव नेपालको दर्जा मिलान राजनीतिमा चल्ने प्राय सवै तुफान प्रचण्डलाई नसोधी चल्दैनन । यहि अनौठो स्वभाव हो प्रचण्डको, जो कमैले बुझेका छन् । जो बुझे झै गर्दछन् तिनले हात्ति छामेभन्दा धेरै पाउँदैनन् । केही समय अगाडी आफ्ना विरुद्ध छोरी बोकेको आरोपमा काँग्रेससँग आगो बनेकासँग केही समयमै घरजम गर्नसक्नु प्रचण्डको खुबी हो । यसैकारण सर्वस्व सकिएको फैसलासहित कोही कोठामा अड्कलेर स्वास फेर्दा वा कोही बहकिएर बन चाहार्ने वुद्धि निकाल्दा प्रचण्ड भने सामुन्नेका पर्खाल फोरेर विशालता र संभावनामा छन् । राजनीतिको पोयोमा संकट समाधानका असंख्य सुत्रको सहि पहिचान र परिचालनविना यो संभव हुने कुरो होइन ।
उनले अति विस्वास गरिएका आफन्तवाटै जे धोका पाएर सिकेका छन् त्यो सायदै अरुले नहोला । बिशाल पार्टीको तख्ता पलटमा उभ्याइएका एल्त्सीनले उनको अगाडी जितेनन्, बरु हारे र साथी बने जो आज सँगै छन् ।
त्यसो त बजारमा प्रचण्डको आकार र प्रकारका वारेमा अनेकन आँकलनहरु छन्, केहीले आकार बढेको देख्छन्, केहीले घेरावन्दीमा परेको । पुर्व सहकर्मीको विस्वास पातालिँदै गएको तिनको कागजी निश्कर्षले पनि बजार पाएकै छ । राजनीति हो बोल्सेविक तत्परता र स्प्रिटले कहिल्यै पोखरीतुल्य अन्तरविरोधको अपेक्षा गर्दैन बरु घुलनशिल र गतिशिल अन्तरविरोधको अपेक्षा गर्दछ । नेपालमा पिण्डपोखरी सरहको पार्टी आन्तरिक जनवाद प्रयोग गर्नेहरुका लागि यो शक्तिको क्षयिकरण नै हो । तर मुख्य कुरा यो होइन । तात्कालीन माओवादीको चुनवाङ वैठकमै प्रचण्डले यसको सटिक उत्तर दिएका छन् । दस्तावेजले भन्छ क्रान्ति सम्पन्न भइसकेपछि यहि नेतृत्वले समाजवाद वनाउने अभियानको नेतृत्व गर्ने कुरा जटिल र प्राय असंभव हुनेछ । त्यसका लागी नयाँ लाखौंलाख जनताको निगरानीमा चल्न सक्ने हजारौ नेता र कार्यकर्ता चाहिन्छ । सायद नेपालको क्रान्ति एक ढंगले सम्पन्न भइसकेको अवस्थामा यो नयाँ कोर्षमा जानै पर्दथ्यो । किनकी आजको दिनको क्रान्तिको उत्तर हिजोकै तरिकाले दिन संभव थिएन ।
पार्टी एकताको असंभवजस्तो लाग्ने एक लामो पट्टयारलाग्दो कोर्ष करीब पूरा भइसकेको छ । यो बेलासम्म आइपुग्दा बामदेवदेखि इश्वर पोखरेलसम्म उनको हिमचिमले भन्दछ उनी नथाक्नेगरि परीधि निर्माण र नियन्त्रण गर्न जान्दछन् । यो सामथ्र्य नराखेको भए सायद एकताको कोर्षमा अझै बिलम्व हुन्थ्यो र यस्को फाइदा खोपी भित्रकाले लिनसक्ने खतरा पैदा हुन्थ्यो तर यो पार भएको छ । एकता सकिदै जाँदा प्रचण्ड नेकपाको कुन स्थानमा छन्, यो सार्वजनिक जानकारीमा छँदैछ ।
प्रचण्डका बारेमा नबोली नेपालको राजनीतिमा रोटी टोक्न नसकिने हकिकत र त्यसवाट पैदा हुने कोकोहोलो राजनीतिमा देखिएकै छ । त्यसकारण चितवनको प्रयोजित भिड होस् वा काठमाडौको राजनीतिमाथि नियन्त्रण गर्नखोज्ने दाहिने भित्ता, प्रचण्ड ताछ्ने र तख्तापलट हुन्छ की भनेर सडक रोइलो गर्ने अभियान जारी छ । अभियानमा सहभागीहरुले नबुझेको कुरा के हो भने तख्ता पलटको सर्वाधिक जानकार व्यक्ति प्रचण्ड नै हुन् । प्रचण्ड हुदैनथे भने निर्मल निवास शक्तिको केन्द्रमा हुन्थ्यो र एअरपोर्टमा पुलिस कुट्ने केटो सत्ताको मालिक रहन्थ्योे । सिहंदरवार निर्मलनिवासमा फुलपाती लिएर जानेहरुको दव्दबामा हुन्थ्यो । नारायणहिटीमा देशलाई धितो राख्ने तागत् रहन्थ्यो । निर्मलाकाण्डको पजनी गर्न नसकेको देशले नमिता–सुनिताकाण्डका संस्करणहरु दोहोर्याइरहन्थ्यो । माधव नेपाल सुन्दरीजलमा, केपी ओली वालकोटमा र शेरबहादुरहरु वुढानिलकण्ठमै रहन्थे । न संघियता हुन्थ्यो न समावेशिता । आज जे छ प्रचण्डको कल्पशिलताले जन्माएको युगिन अवसर छ र यो अवसर इतर र भितर दुवैका लागी उपलब्ध छ ।
प्रचण्ड हुदैनथे भने निर्मल निवास शक्तिको केन्द्रमा हुन्थ्यो र एअरपोर्टमा पुलिस कुट्ने केटो सत्ताको मालिक रहन्थ्योे । सिहंदरवार निर्मलनिवासमा फुलपाती लिएर जानेहरुको दव्दबामा हुन्थ्यो । नारायणहिटीमा देशलाई धितो राख्ने तागत् रहन्थ्यो । निर्मलाकाण्डको पजनी गर्न नसकेको देशले नमिता–सुनिताकाण्डका संस्करणहरु दोहोर्याइरहन्थ्यो ।
त्यसो त जो शिखरमा छ विपरीत वायुको प्रवाह सबैभन्दा वेसी उसैले सामना गर्नुपर्दछ । आजको दिनको प्रमुख प्रतिपक्षदेखी सवै राजनीतिक दलसम्मले उनलाई पच्छ्याउनु कुनै नौलो कुरा होइन । काग्रेसलाई थाहा छ, आफू खुम्चीनुको पीडा । जसको परिपूर्ती अझै पनि प्रचण्डकै आडमा गर्न चाहन्छ कांग्रेस । मधेशवादी दलको सबैभन्दा निकट कोही भए नेपाल भित्र प्रचण्ड नै हुन् । उनीहरुका वैठकमा महन्थको भन्दा प्रचण्डकै वेसी कुरा हुन्छ भन्दा असामान्य ठान्नु पर्दैन । भारत र चिनको नजर पनि प्रचण्डतिरै छ । दुवैलाई थाहा छ यदि प्रचण्डले सहजता माने भने अबको केही समयपछाडी अग्रीम लिखत दस्तावेजमा प्रचण्ड सहजताका साथ स्विकारीएका प्रधानमन्त्री हुन् । दक्षिण एसीयामा पछिल्लो समय शक्तिराष्ट्रका बीचमा जे खिचातानी छ त्यसका अन्तिम रेफ्री प्रचण्ड हुन् भन्ने कुरा हाम्रा दिमागले नबुझेको तर सि जीङ पिङ र मोदीले बुझेको कुरा हो । सायद पछिल्लो समय सार्क राष्ट्रहरुको वैठक सार्क मुलुकबाहिर गर्ने सहमतीको दुरगामी महत्व र हैसियत के हो त्यो भारत र चिनले वुझेका छन् । दक्षिण एसीयाको जेनेभा वन्ने सामथ्र्य हामीले विस्तारै निर्माण गर्दैछौ र त्यो वनाउने सत्तारुढ पार्टीका अध्यक्ष एक जना प्रचण्ड पनि हुन । तर दक्षिण एसियामा नेपालको यो हैसियत नहोस् भन्ने चाहना गर्नेहरुको कमि छैन । यो तागतलाई विथोल्न र यस्को नेतृत्वलाई कमजोर बनाउन लागिपर्ने विपरीत तागतले पनि सायद प्रचण्ड छवीमाथि नियमीत र नियोजित ढंगले आक्रमण गर्ने र ताछ्ने गरीरहेकै छ ।
विरोधीहरुलाई थाहा छ प्रचण्ड नसकी लोकतन्त्र र गणतन्त्र सक्न सम्भव छैन, यसकारण लोकतन्त्र,गणतन्त्र र संघियताका विरोधीलाई प्रचण्ड सराप्ने फ्लुले समात्नु नै प्रचण्ड परिवर्तनका नायक हुन् भन्ने कुराको प्रमाण हो । तर प्रचण्ड उनीहरुले सोचेजस्तै सजिलो निशाना भने अवस्य होइनन् । उनीद्धारा अगाडी सारीएका मुद्धा अब असंभव सपना नभएर एक विजयी वास्तविकता र मुलकले पच्छ्याएको जारी अभियान पनि हो ।
नेपालको राजनिति सधै तरंगीत छ । नतीजामा धमिलो पानी ! पछिल्लो समय स्नेह र संवेदनाका भुतले राजनीतिलाई वेलावखत हल्लाई रहन्छ । केही समय अगाडि भावनाको खेलमा बावुराम वेस्सरी उचालीए । कथित मिडियाले चलाएको अभियानमा उनी एक्लै नब्वे प्रतिसतको प्रधानमन्त्रीका रुपमा रुचाइए र बनाइए । त्यसपछि बीबीसीका जागीरे रविन्द्र मिश्रको हावा चलाइयो, मानिसहरु दौडीए । गएको आम निर्वाचनमा उनी नदेखिने गरी बिलाए । बिच बिचमा भावनाको पेटारोमा रहने रिक्त स्थान पुरा गर्न आइरहने गोविन्द केसिको निरन्तरतापछि यतिवेला एक विदेशी वर्क परमिट नलिएको पत्रकारका पछाडि मानिसहरु कुदाइए । यसो हुनु आम जनमतको अपेक्षमा पुर्ण पास हुन नसकेको सरकार जति कारक हो, त्योभन्दा वेसी अहिलेको परिवर्तन नचाहने अमुक शक्तिको नियोजीत इसारा हो भन्ने कुरा अब लुकाइरहन पर्दैन ।
यस्ता अभियानको निशानामा प्रचण्ड छन् किनकी तिनिहरुलाई थाहा छ प्रचण्ड सकिएको दिन धेरै कुरामा तिनीहरुले जित्ने मात्र होइन, अपितु कल्पनै नगरेको एक अवसर तिनलाई जुट्नेछ । गणतन्त्र र संघियताको गुदोमा प्रचण्ड छन् । जतिसुकै शव्दहरुलाई बटारे पिलाएर बजारमा पठाइए पनि यो सत्य इतिहासका पन्नाहरुमा सजिव र जीवित छ । विरोधीहरुलाई थाहा छ प्रचण्ड नसकी लोकतन्त्र र गणतन्त्र सक्न सम्भव छैन, यसकारण लोकतन्त्र,गणतन्त्र र संघियताका विरोधीलाई प्रचण्ड सराप्ने फ्लुले समात्नु नै प्रचण्ड परिवर्तनका नायक हुन् भन्ने कुराको प्रमाण हो । तर प्रचण्ड उनीहरुले सोचेजस्तै सजिलो निशाना भने अवस्य होइनन् । उनीद्धारा अगाडी सारीएका मुद्धा अब असंभव सपना नभएर एक विजयी वास्तविकता र मुलुकले पच्छ्याएको जारी अभियान पनि हो । – shyangjalisathi@gmail.com