राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न सुजाता कोइरालाको आग्रह

काठमाडौं , ८ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेकी छन् । विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दैै नेत्री कोइरालाले भनिन्, ‘राजतन्त्र फर्किने सपना नदेखे हुन्छ ।’ सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न सबै राजनीतिक […]


बामदेव गौतम -एमाले कार्ववाहक अध्यक्ष

काठमाडौं ,७ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कावा अध्यक्षमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई तोकेका छन् । चीनको भ्रमणमा जानुपूर्व आज अध्यक्ष ओलीले नेता गौतमलाई सोसम्बन्धी पत्र प्रदान गरेका थिए । अध्यक्ष ओली यही चैत १४ गते स्वदेश नफर्कुन्जेल पार्टी स्थायी समितिले पार्टीका विभागहरुको पूर्णता  तथा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चमा […]


सबै माओवादीका शिर्ष नेताहरु आज प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं , ५ चैत । आआफ्ना स्वार्थका कारण विभाजीत भएका माओवादीहरु आज संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्दैछन् । अपरान्ह साढे ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने भेटमा माओवादी शिर्ष नेतृत्वले द्धन्द्धकालीन मुद्धाहरु सत्यनिरुपण आयोग मार्फत टुंग्याउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने  छ । द्धन्द्धकालका मुद्धाहरु एक एक गरि व्यूँताउदै सर्बोच्च अदालतले नै कारबाहीका […]


एमाओवादी केन्द्रिय समिति बैठक स्थगीत

काठमाडौं , ५ चैत । आज बस्ने भनिएको एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठक स्थगीत भएको छ । बैठकको तयारी नपुगेको भन्दै एमाओवादीले भोलीसम्मका लागी बैठक स्थगीत गरेको हो । बैठक भोली बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने एमाओवादीले जनाएको छ । बिहीबार बिहान प्रचण्ड निबास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले केन्द्रिय […]


मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई पूर्वराष्ट्रपति यादवको सुझाव

काठमाडौं ५ ,चैत । पूर्वराष्ट्रपति डा रामवरण यादवले मधेसका समस्या समाधानमा लाग्न राजनीतिक दल र सरकारलाई सुझाव दिएका छन्  । शुक्रबार बिहान विराटनगरमा आयोजना गरेको पत्रकारसम्मेलनमा यादवले लोकतन्त्रमा विश्वास गर्नेहरुले मधेसका समस्या समाधनमा ध्यान दिनुपर्ने बताए । “लोकतान्त्रिक विधिबाट बनेको सरकार संयम भएर अघि बढ्नुपर्छ,” गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादव ले भने , “आन्दोलनकारी पनि […]


कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठक बस्दै

काठमाडौं ५ ,चैत । नेपाली कांग्रेसको १३औं महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २-०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको जानकारी दिए । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई  केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको […]


(सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक पोखरामा सुरु,प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

काठमाडौं ,४ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बैठकको उद्घाटन गरेका छन् । नेपालको राष्ट्रिय गान बजाएर सुरु भएको बैठकमा सार्कका महासचिव अर्जुनबहादुर थापाले मन्तव्य व्यक्त गर्दै सार्क मुलुकलाई एकताको सूत्रमा आबद्ध गर्न सार्क क्रियाशील रहेको बताए । बैठकमा उपप्रधानमन्त्री […]


राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टी एकताको आवश्यकता छ – देव गुरुङ

काठमाडौं , ३ चैत । नेकपा क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टी एकताको आवश्यकता रहेको बताएका छन् । पार्टीको सेती–महाकाली राज्य समितीको बैठकलाई सम्वोधन गर्नका लागि अछाम आएका नेता गुरुङले मंगलसेनमा सञ्चारकर्मीसंग कुरा गर्दै बैदेशीक हस्तक्षप र चलखेललाई परास्त गर्नका लागि र राष्ट्रियतालाई बलियो बनाउनका लागि पार्टी एकिकरण हुनुको बिकल्प नरहेको […]


न्यायपरिषदले स्थायी न्यायाधीशमा सिफारिस नामावली पुनःसंसद पठायो

 काठमाडौं , ३ चैत । न्यायपरिषदले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस नामावली पुनः संसदीय सुनुवाइका लागि पठाएको छ। परिषदको मंगलबार बसेको बैठकले फागुन १८ गते सिफारिस भएका ११ जनाकै नाम पुनः संसद पठाएको हो। सभामुख ओनसरी घर्तीमगरले यसअघि पठाइएका नामावली परिषदमै फिर्ता पठाइदिएपछि विवाद चर्किएको थियो । सभामुख घर्तीले सिफारिस व्यक्तिको सुनुवाइका लागि संसदीय सुनुवाइ […]


कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचितहरुलाई आज प्रमाणपत्र वितरण गर्ने कार्यक्रम

 काठमाडौं , ३ चैत । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित सभापति सहित सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । निर्वाचन समितिका अनुसार बुधवार दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा नवनिर्वाचित सभापति शेरवहादुर देउवासहित ६४ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न लागिएको हो । प्रमाणपत्र वितरण कार्यक्रम पछि सभापति शेरबहादुर […]







मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का