स्वर्णपदक विजेता बडि बिल्डर महर्जनको भव्य स्वागत

39 Hits

काठमाडौं, पुस-

विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ ।

स्वर्णपदक विजेता महेश्वर महर्जन

थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर स्वदेश अाएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हाे । राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीलगायतले भव्य स्वागत गरेेेेका हुन् । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने बताए । “पदक विजेता महर्जनलाई हामी उचित पुरस्कारद्वारा सम्मान गछौँ”–उनको भनाइ थियो ।

पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताए । “विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो” पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भनेे । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ”, महर्जनले बताए । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ÷नौ लाख खर्च गरेको बताए ।

यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए ।

विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेेेेका थिए । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो । 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी