यी हुन् जाडोमा अपनाउनु पर्ने १० साबधानी

169 Hits

काठमाडाैँ । जाडो महिनामा चिसोबाट कसरी जोगिने भन्ने बारेमा सर्बसाधारण चिन्तित हुने गर्छन् । खास गरि जाडोमा सावधानी नअपनाउँदा मुटु र मुटु सम्बन्धी थुप्रै समस्या देखा पर्ने गरेको पाइन्छ । कसरी बच्ने त जाडोबाट? यस्ता छन्, मुटु रोग बिषेशज्ञ डा.ओम मुर्ति अनिलका १० सुझाव ।

१. पानी प्रशस्त पिउने
जाडो महिनामा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । शरिरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुन पाउँदैन र मुटुको जोखिम कम हुन्छ ।
२. वार्म अप गर्ने
शारिरिक व्यायाम गर्नुभन्दा अगाडि १०/१५ मिनेट शरिरलाई सकृय बनाउने अनि व्यायाम गर्ने ।
३. हिँडाइको गत कम गर्ने
चिसो मौसममा मुटुको जोखिम घटाउनका लागि हिँडाइको गति कम गरेर हिँडाइको अबधी बढाउनु पर्छ ।
४. चिसो हावा र पानीबाट बँच्ने
चिसो हावा चलेको बेला र पानी परेको बेला बाहिर ब्यायाम नगर्ने ।
५. मदिरा र चुरोट सेवन नगर्ने
जाडो महिनामा मुटुमा हुने असरलाई मदिरा र सुर्तीजन्य पदार्थले झन् बढाउने हुँदा यसको प्रयोग नगर्नु नै उपयुक्त मानिन्छ ।
६. धेरै चिल्लो नखाने
जाडो महिनामा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, फ्राई खाना नखानुका साथै पार्टी भोजको खानामा सतर्कता अपनाउनु पर्छ ।
७. सुगर प्रेसर तथा कोलेस्ट्रोलको राम्रो नियन्त्रण
जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको मात्रा बढ्ने हुनाले यसको जाँच र नियन्त्रणमा ध्यान दिनु जरुरी हुन्छ ।
८. चिसोमा हिँड्दा छाती दुख्नु
मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई जाँच गराउनु पर्छ ।
९. औषधीकाे नियमित प्रयोग
मुटु रोग, प्रेसर, सुगर तथा कोलेस्ट्रोल छ भने नियमित औषधी सेवन गर्नु पर्छ ।
१०. व्यायामो बेला चिसोबाट सुरक्षा
यसका लागि प्रयाप्त लुगा लगाएर बिषेश गरेर टाउको, कान र हात छोपेर हिँड्नु पर्छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी