गुण्डा नाइकेका सहयोगी धारिलो हतियारसहित पक्राउ

80 Hits

काठमाडौं । चितवनको भरतपुर बेस बनाएर गुण्डागर्दी गर्दै आएका इन्द्रकमल बुढाथोकीका सहयोगी प्रकाश पुन दरबारमार्ग स्थित कासा रेष्टुरेण्टबाट पक्राउ परेका छन् ।

शुक्रवार राती ग्याङ फाईट हुन थालेको सुचनाका आधारमा पुनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दान बहादुर मल्लले जानकारी दिए । रुकुमको टक्सेरा स्थायी घर भएका पुन लामो समयदेखी चितवनको भरतपुरलाई बेस बनाएर गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

पुन लाई प्रहरी हिरासतबाट छुटाउन गुण्डा नाईके इन्द्रकमल बुढाथोकी लागीपरेको बताईएको छ । धारिलो हतियार सहित पक्राउ परेका पुन बारे प्रारम्भिक अनुसन्धान भईरहेको बताईएको छ । ‘आईतबार सार्वजनिक अपराध मुद्धामा म्याद लिएर थप अनुसन्धान गर्छौं’ डिएसपी मल्लले भने, ‘उनी संलग्न भएको विगतका घट्ना समेत केलाएर अनुसन्धान गर्छौं ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी