विद्युत प्राधिकरणमा कर्मचारी संगठनबीच एकीकरण, नेतृत्वमा पाैडेल र शाही

44 Hits

काठमाडौं, १४ मंसिर ।

नेपाल विद्युत प्राधिकरणमा सक्रिय दुई वामपन्थी ट्रेड युनियन संगठनबीच एकीकरण भएको छ ।

प्राधिकरण कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) बीच एकीकरण भएकाे हाे । प्राधिकरणमा शुक्रबार विशेष कार्यक्रम गरेर दुई युनियनले एकीरणको भएकाे घोषणा गरेका हुन् ।

उर्जामन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गरि सम्पन्न कार्यक्रमले  एकल संंगठनकाे नाम ‘नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन’  पारित गरेकाे छ ।

कार्यक्रममा सम्वाेधन गर्दै मन्त्री पुनले एकताले नेपालकाे विकास र समृद्धिमा महत्त्वपूर्ण याेगदान पुग्ने बताएका थिए ।

यसअघि कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल नव गठित संगठनको संयोजक र नेराकसका अक्ष्यक्ष खगेन्द्र शाहीलाई सह–संयोजक तोकिएको छ ।

महाधिवेशनपछि ३५ सदस्यीय कार्यसमिति रहने गरी अहिलेलाई १ सय ४९ जनाको आयोजक समिति बनाइएको संयोजक पौडेलले बताए । प्राधिकरणको सुदृढिकरणका लागि व्याप्त असमानता, विभेदलगात विकृति तथा विसंगति विरुद्ध आवाज उठाउन दुई युनियनबीच एकता भएको पनि पौडेलले बताए । तत्कालीन एमाले निकट कर्मचारी युनियन २०४७ र माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन २०६४ सालमा गठन गरिएकाे थियाे ।

एमाले र एकिकृत नेकपा र माअाेवादीबीच पार्टी एकीकरणको एक वर्षपछि दुई ट्रेड युनियनकाे एकता भएको हो । एकीरणपछि अब प्राधिकरणमा सक्रिय युनियनको संख्या ३ भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी