सामाजिक सुरक्षा योजना आजदेखि सुरु, यस्ता छन् कार्यक्रम

40 Hits

काठमाडौं । नेपालमा विद्यमान सामाजिक सुरक्षा योजनाभन्दा पृथक् योगदानमा आधारित सामाजिक सुरक्षा योजना मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ ।

राजधानीको प्रज्ञा भवनमा आयोजित एक समारोहमार्फत सामाजिक सुरक्षा कार्यक्रमको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा औपचारिक रुपमै शुभारम्भ गरिएको छ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम मन्त्री गोकर्ण विष्ट, विभिन्न उद्योगी व्यवसायी, मजदुर संगठनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सरकारले यसलाई दीर्घकालीन योजनाको रूपमा परिभाषित गरेको छ । श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत सामाजिक सुरक्षा योजनामा जम्मा हुनेछ । योसँगै नेपालका श्रमिकको असुरक्षित युगको अन्त्य भएको धेरैले विश्लेषण गरेका छन् ।

रोजगारदाताको दायित्व व्यवस्थापनमा पनि सहज देखिनेछ । तर, देशको विलकुलै नयाँ प्रयोग भएकाले पनि कतिपय उद्योगी व्यवसायी कार्यान्वयनमा चुनौति रहेको पनि औंल्याएका छन् ।

कायर्यक्रमलाई संबाोधन गर्दै प्रधामन्त्री ओलीले २५ बर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफुहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी गरे । प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ ‘सरकार कहाँ छ ?’ भनेर प्रश्न गर्नेहरुलाई गतिलो जवाफ भएको बताएका छन् । ‘श्रमको सम्मानसहित नयाँ प्राणालीको थालनी गर्दै छौँ,’ उनले भने । बिरामी, आम्दानी भएका, नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे ।

‘कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्मका लागि यो कार्यक्रम हो,’ प्रधानमन्त्रीले सरकार नदेख्नेलाई प्रश्न गर्दै भने, ‘सरकार मजदुरलाई सोधनुस् कहाँ छ, दुःख पाएका जनतालाई सोध्नुस् जवाफ पाउनुहुनेछ ।’ ‘केही दिनमा अब मेलम्ची आउँछ त्यसले जवाफ दिन्छ सरकार कहाँ छ । बाटोमा धुलो उड्न छाडेको छ । सडक सफा गरिएको छ । सडक धोइएको छ । जता फर्क्यो त्यतै सरकार देखेपछि सरकार कहाँ छ भन्नेहरु चुप लाग्नुहुन्छ,’ प्रधानमन्त्रीले व्यङ्ग्यमिश्रित शैलीमा भने ।

प्रधानमन्त्री ओलीले जनता निराश हुनुपर्ने कुनै कारण नभएको भन्दै सरकार जनताले देखाएको बाटोमा हिड्ने दावी पनि गरे । प्रधधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले ९ महिनामा धेरै काम गरेको दावी गरेका छन् । उनले सरकारले सकेको जति काम गरेको भन्दै अघि भने, ‘सरकारले आफ्नो नीति र कार्यक्रम अनुसार काम गरिरहेको छ ।’

‘९ महिना बितिसक्यो, एअरपोर्ट किन बनेन ? कसैकसैले यस्तै कुरा गर्छन्,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘नौ महिनामा दुनियाँमा कुन एअरपोर्ट बन्छ ?,’ प्रधानमन्त्रीले विरोधीहरुलाई प्रतिप्रश्न गरे ।

मेलम्ची खानेपानी आयोजना पनि किन पूरा भएन भन्ने आलोचना आफूले सुनेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार गठन भएपछि दिनरात गरेर काम भइरहेको दावी पनि गरे । ९ महिनामा जति काम गर्नुपर्ने हो त्यति काम भएको दावी गर्दै प्रधानमन्त्रीले जनता निराश हुनुपर्ने स्थिति नरहेको बताए ।

सरकार नीति, कार्यक्रम र भिजनमा स्पष्ट रहेको र कार्यान्वयनको दिशामा रहेको उनले परिमाणमा जान चाहेको र जनताले देखाएको बाटोमा हिँड्ने दाबी समेत गरे । उदारीकरण नक्कलको भरमा

देशमा आर्थिक उदारीकरणको श्रेय पाएको नेपाली काँग्रेसको उदारीकरण नीतिलाई प्रधानमन्त्री ओलीले नक्कलको भरमा ल्याएको संज्ञा दिए । उनले पार्टीको नाम उल्लेख नै नगरी भने, ‘हामीले उदारीकरण ल्यायौँ भन्याछन् तर त्यतिबेला ल्याइएको उदारीकरण नक्कलको भरमा ल्याइएको थियो । उदारीकरणका नाममा हाम्रा सामानहरु कौडीको भाउमा बेचियो ।’

२०४८ सालपछि निर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको कार्यकालमा वैदेशिक लगानी भित्रिनुका साथै सरकारी संस्थानहरुको नीजिकरणको शुरुवात भएको थियो । आर्थिक उदारीकरणको श्रेय उनलाई नै दिने गरिन्छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफुहरुले ज्येष्ठ नागरीकलाई भत्ता दिँदा ढुकुटी रित्याएको आरोप समेत खेप्नुपरेको बताए । उनले भने, ‘कम्युनिष्टले गोली हानी मार्छ भनेर तर्साए तर आज भत्ताले मान्छेलाई बाँच्न मन लाग्ने बनाएको छ । मान्छेको बाँच्ने आकांक्षा र मनोविज्ञान बढ्दै गएको छ । बुढाबुढीको आशिर्वाद, युवाको साथ र बालबालिकाको सुभेच्छाले आफुहरु अघि बढ्ने पनि उनले बताए ।

‘सामाजिक सुरक्षा योजना भनेको उमेरमा बिउ रोप्नेले पछि बसी बसी खान पाउने पनि हो । बुढेसकालमा पसिनाको प्रतिफलको रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना हाजिर हुन्छ । सामाजिक सुरक्षा भनेको ढिकुटीमा भर्दै अघि बढ्ने विधि हो,’ सुरक्षा योजनाबारे ओलीले प्रष्ट पार्दै भने । सामाजिक सुरक्षाको योजनाले श्रम गर्ने सबैलाई समेट्ने भन्दै प्रधानमन्त्रीले आम्दानी अपुग हुँदा थप आम्दानी र आम्दानी नै नहुनेले सहायक आम्दानीको रुपमा यसलाई प्रयोग गर्न पाउँने बताए । ‘जसले शारीरिक रुपमा कुनै योगदान र आर्जन गर्न सक्तैन त्यस्ताका लागि पनि राज्यले हेर्नेछ’ सामाजिक सुरक्षाको दायराबाट कोही पनि पछि नहुने उनले स्पष्ट पारे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी