तिर्थाटनबारे प्रचण्डको स्पष्टोक्ति : जहाँ जनता, त्यहाँ प्रचण्ड

63 Hits

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कामको गति बढाएको बताएका छन् । केपी ओली नेतृत्वको सरकारको कामलाई लिएर जनतस्तर, विपक्षी र सत्तारुढ नेकपाभित्रैसमेत आलोचना भैरहेको बेला प्रचण्डले सरकारको बचाउ गर्दै कामको गति बढेको बताए ।

‘बर्खामा गाडी एक गियर लगाएर नै हिडाउँनुपर्छ । अब अहिले दोस्रो गियरमा गयो । त्यसपछि तेस्रो गियरमा लग्नुपर्छ । गति त लिनुनै पर्छ । यहाँ अर्को कुनै विकल्प छैन । सरकारले राम्रो परिणाम देखाउने गरी काम गर्नैपर्छ । हामी त्यसको गम्भीर समिक्षामा पनि छौँ ।’

प्रचण्डले म्याग्दीको तातोपानीमा गएर नुहाएपछि भएको बहसवारे पनि आफ्नो मत राखेका छन् ।

‘म आफ्नो दर्शन सिद्धान्त या जे आत्मसाथ गरेर यहाँसम्म आए त्यसबाट दायाँबायाँ छैन । तर, हामी शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा छाँै । जनताको भावनालाई सम्मान गर्नु, जनताको विश्वासलाई सम्मान गर्नु हाम्रो कर्तव्य हुन्छ । त्यसैले म विभिन्न मन्दिरमा जाने या धार्मिकस्थलमा जाने भनेको जनतासँग मेरो भावना जोडिएको छ । तपाईंको विश्वास प्रति मेरो सम्मान छ भन्नलाई जाने हो । अब मैलेनै कति गरेको छु भनेर धेरै भन्न परेन,’ प्रचण्डको भनाई छ, ‘जहाँसम्म म्याग्दीको तातोपानीमा गएको कुरा छ, त्यो धार्मिक होइन । त्यो प्राकृतिक वा स्वास्थ्यसँग सम्बन्धित छ । त्यो एउटा स्वास्थ्य पर्यटनको विकासका निम्ति महत्वपूर्ण ठाउँ छ भन्ने मैले महशुस गरेँ । र, यस्ता कुराको जसरी चर्चा हुने गर्छ अलि बढी भयो जस्तो पनि लाग्छ । राम्रा पनि भए, नराम्रा पनि भए ।’

अहिले एक थरी मान्छेको पेशा नै मेरो आलोचना गर्ने छ । जनभावनाको कदर गर्नलाई मन्दिर गएको विषयलाई पनि नकरात्मक रुपमा हेर्छन् । प्रचण्ड मन्दिर गए भन्छन् । मैले टिको लगाए भने लौ टिका लगायो भन्छन् । टिका लगाएन भने टिका नै लगाएन भन्छन्,’ प्रचण्डले विगतको स्मरण गर्दै भने, ‘युद्धको बेलामा केही पनि मान्दैन । जनतासँग मतलब पनि छैन भन्या जस्तो बनाइदिए । त्यही लेखे । जनतासँग मतलब छैन भने । ती भन्नेको त केही हिसाव किताव नै छैन ।’-ratopati
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी