प्रचण्डले भने-‘सबैको साथ नभएको भए परिवार नै बिघटनमा जानसक्थ्यो’

131 Hits

काठमाडौं, ३ मंसिर-
नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाश दाहालको निधनको दुखद परिस्थितिमा सबैले साथ नदिएको भए आफ्नो परिवार नै विघटनमा जाने खतरा रहेको बताएका छन् ।

प्रकाश दाहालको निधन भएको एक वर्ष पुगेको स्मृतिमा आयोजित स्मृति सभामा अध्यक्ष प्रचण्डले भावुक हुँदै प्रकाशको स्मरण गरेका थिए । उनले प्रकाश आफ्नो छोरा मात्रै नभई युवाहरुको भरभराउँदो नेता र परिपक्व बन्दै गएको सामाजिक कार्यकर्तासमेत भएको बताएका थिए ।

उनले छोटो समयमा र अल्पायुमै प्रकाशले गरेको कार्य लामो समयसम्म बाच्ने मान्छेले भन्दा धेरै भएको आभाष अफूले गरेको बताएका थिए । उनले प्रकाशको निधनको खबर झापामा सुनेदेखि नर्भिक अस्पताल हुँदै आर्यघाटसम्म आफू, आफ्नो परिवार र प्रकाशप्रति देखाउनुभएको सहानुभुति र सहयोगले आफ्नो परिवारलाई शोकलाई शक्तिमा बदल्ने र परिवर्तनको र पक्षमा र देश र जनताको पक्षमा लागिरहने प्रेरणा पैदा भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के पी शर्मा ओलीले प्रकाश मिलनसार र कुशल व्इवस्थापकीय क्षमता भएका होनहार युवा भएको भन्दै उनको निधनले प्रचण्डको परिवार मात्रै नभई सिंगै पार्टी र राष्ट्रलाई अपुरणीय क्षती पुगेको बताएका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ, सभामुख कृष्ण बहादुर महरा, प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राप्रपा नेता कमल थापा, पशुपति शमुेर जबरा, राजपा नेता महन्थ ठाकूर, प्रकाशकी आमा तथा प्रचण्डकी जीवन साथी सिता दाहालसहित परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी पुर्व उपप्रधानमन्त्री तथा नेकपा प्रबक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, नेता इश्वर पोखरेल, पुर्व उपप्रधानमन्त्री बामदेव गौतम, वर्तमान मन्त्रीहरु, पुर्व मन्त्रीहरु, विभिन्न् दलका नेताहहरु नेकपाका नेता कार्यकर्ताहरुको पस्थिति रहेको थियो ।
कार्यक्रममा प्रकाश दाहालकी आमा सिता दानहाललाई सम्हालिन गाह्रो परेको थियो । उनलाई प्रचण्ड आफैंले सम्झाइ बुझाई गरेका थिए ।

कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो । उपराष्ट्रपति, प्रधानमन्त्री र प्रचण्ण्डले संयुक्त रुपमा स्मारिकाको विमोचन गरेका थिए ।

प्रकाशको वारेमा अडियो प्रस्तुत गरिएको कार्यक्रममा प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सामान्य परिचय राखेका थिए भने कार्यक्रमको संचालन स्वकिय सचिव जोख बहादुर महराले गरेका थिए ।

Loading...

Related News

अचानक सुकुटे पुगेर के गरे प्रचण्डले ?

काठमाडौं, ६ बैसाख । सत्तारूढ नेकपाका अभ्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेर फर्किएका छन् । सपरिवार बिहीबार…

टेलीकमलाई प्रचण्डको यस्ताे निर्देशन : प्रतिस्पर्धामा अब्बल बन

काठमाडौँ, चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्गतितर्फ जाने गलत परम्परा यस पटक तोड्नु पर्ने बताउनुभएको…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी