मन्त्रीपरिषदका निर्णय बिहिबार मात्रै पाइने, यस्ता छन् अघिल्ला २२ निर्णयहरु

66 Hits

काठमाडौं, ३० कात्तिक ।
सरकारले आफ्ना निर्णय परिपक्व हुन नपउाँदै विवादमा पर्न थालेपछि मन्त्रीपरिषदका निर्णय सार्वजनिकरणमा थप कडाई गरेको छ ।
सरकारले अबदेखि आफ्ना निर्णय प्रत्येक विबहिबार संचार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मात्रै सार्वजनीक गर्ने निर्णय गरेको छ ।


दुई तिहाई बहुमतको सरकारले निर्णय लुकाएको आरोप लागिरहेको बेला संचार तथा प्रविधि मन्त्री गोकूल बास्कोटाले बिहिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अब प्रत्येक बिहिबार मात्रै निर्णय सार्वजनीक गर्ने निर्णय भएको बताए ।
उनले अघिल्लो मन्त्रीपरिषद बैठकमा भएको निर्णय सार्वजनीक गर्दै प्रधानमन्त्रीले अनाधिकृत रुपमा सार्वजनीक गर्ने मन्त्रीमाथि निगरानी गरेको पनि बताए ।

के के थिए त अघिल्लो मन्त्रीपरिषद बैठकबाट गरिएका निर्णयहरु ?

सरकारले इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई तीन महिनाको समयसीमा राखेर फिर्ता बोलाएको छ । त्यस्तै उनको स्थानमा डा. अञ्जन शाक्यलाई पठाउन सिफारिस गरेको छ । त्यसैगरी दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राइलाई तीन साताको समयभित्र फर्कन भनेको छ ।

यस्तै सरकारले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

यस्तै कर्मचारी समायोजन गर्न बनेको अध्यादेशमा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति प्रदान गरेको छ । यसैगरी बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुअब्जा वितरण पुर्नवास तथा पुनस्थापना इकाइको कार्यविधि १ बर्ष थप्ने निर्णय बैठकले गरेको सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

यस्तै नेकपाका कार्यकर्ताबाट मारिएका भनिएका सर्लाहीका कांग्रेस कार्यकर्ताको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको करिव ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याइएको छ । साथै सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका रामविलास महतोको परिवालाई १० लाख राहत दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

 

Loading...

Related News

मन्त्रीपरिषद्का निर्णय : प्रतिभा पुरस्कारदेखि भिआइपी निवास र राजकीय पाहुना गृह बनाउनेसम्म

काठमाडौँ, २० मङ्सिर मन्त्रीपरिषदको बैठकले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्नेदेखि लिएर सांसद आवास गृह बनाउने सम्मका निर्णय गरेको…

धानि नसक्नु मन्त्रीको भ्रमण खर्च : चार महिनामा कसले कति गरे खर्च ?

काठमाडौं, १७ कात्तिक- अनुगमनको बहानामा मन्त्रीहरुले चार महिनामा ४० लाख रुपैयाँ व्यक्तिगत घुमघाममै सकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जिल्ला…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी