मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन

121 Hits

नुवाकोट, २९ कात्तिक
सडक निर्माण्का क्रममा प्रभावित उपभोक्ताहरुले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका हुन् ।

योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भएकाले प्रभावितहरूले बुधबार लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेका हुन् ।

कात्तिक १३ गते पिपलटारका बासिन्दाले उक्तयोजनाका ठेकेदारले पिपलटार क्षेत्रमा कालोपत्र गर्न लाग्दा स्थानीयवासीले अवरोध गर्दै मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेकामा स्थानीय प्रशासनले सशस्त्र प्रहरी बल परिचालन गरेपछि प्रभावितले सो समिति गठन गरेको एक प्रभावित वासिन्दाले जनाएका छन् ।

विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका अधिकारीले अनौपचारिकरूपमा जानकारी दिएकाले स्थानीयवासीले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका हुन् ।

आयोजनाको देविघाट–गल्छी खण्डका एक हजार ४८१ रोपनी जग्गाको प्रतिआना रु दुई लाख ५० हजारदेखि तीन लाख २५ हजारसम्मका दरले मुआब्जा वितरण शुरु भएको छ । पृथ्वी राजमार्गको गल्छीदेखि रसुवागढी नाकासम्मको ८२ किमी सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किमी सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।

Loading...

Related News

‘ज्यानमारा’ बन्दै ग्रामीण सडक, राती गाडी चलाउन रोक

– विमलबहादुर विष्ट, डोटी, ५ चैत बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी…

रजुवामा विजुली बलेपछि स्थानिय भए खुशी

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १ रजुवा बेसीटोलमा बुधबार विद्युत विस्तार गरिएको छ । बुधबार एक कार्यक्रमका बीच मकवानपुरका…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी