कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

106 Hits

काठमाडौं, २७ कात्तिक ।
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न कांग्रेस पूर्वसंस्थापनका नेताहरूले सक्रियता बढाएका हुन् ।
देउवा विरुद्ध कोइराला परिवारनै मोर्चावन्दीमा सक्रिय भएको देखिएको छ । सोमबार सुजातानिवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल गरेबाट उत्तः कुराको पुष्टि भएको छ ।
छलफलमा कोइराला परिवारबाट सुजातासहित महामन्त्री डा. शशांक र डा. शेखर, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा। रामशरण महत सहभागी थिए ।

सात नेताबीच तीन घन्टा चलेको छलफलमा महाधिवेशनसम्म पूर्वसंस्थापन पक्ष एक भएर जानुपर्ने साझा धारणा बनेको छ । पार्टीको आन्तरिक जीवन, सरकारको भूमिका, अन्योलपूर्ण नेविसंघको महासमिति बैठकलगायत विषयमा समेत छलफल भएको थियो ।

सोमबारको भेला सुजाताको सक्रियतामा भएको हो । कोइराला परिवारका तीन नेताबीच तीन–चार चरणसम्म छलफल भएपछि पूर्वसंस्थापनका नेताहरूलाई गोलबद्ध गर्न सुजाता सक्रिय भएकी हुन् । १६ असोजमा उनले आफ्नै निवासमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौल र १३ कात्तिकमा प्रकाशमान सिंहलाई बोलाएर छलफल गरेकी थिइन् ।

उनले १४औँ महाधिवेशनसम्म पूर्वसंस्थापन एक भएर जानुपर्ने प्रस्ताव गरेपछि उनीहरूले सबै नेता एकै ठाउँमा बसेर छलफल गर्नुपर्ने बताएका थिए । त्यसपछि सुजाताले सोमबार सबैलाई भेला गराएकी हुन् । तर, काठमाडौं बाहिर भएका कारण कृष्णप्रसाद सिटौला सहभागी थिएनन् । देउवाविरुद्ध मोर्चाबन्दी कस्ने प्रयासस्वरूप यसअघि पौडेल निवासमा समेत सिंह, महत, केसी र सिटौलाबीच छलफल भएको थियो ।

छलफलमा नेविसंघबारे पनि कुराकानी भएको छ । आगामी २ मंसिरबाट समय सकिन लागेकाले नेविसंघको अन्योलबारे पनि छलफल भएको छ । यसअघि नेविसंघले नै विधान बनाउँदाको अवस्थामा भएको प्रक्रियाबारे केन्द्रीय सदस्य गुरु घिमिरेले भेलालाई जानकारी गराएका थिए ।

घिमिरेले ११औँ महाधिवेशनमा ३२ वर्षे उमेरहद लगाएपछि १२औँदेखि लागू गर्ने गरी नेताहरूलाई सुविधा दिए पनि उनीहरूले अनावश्यक दबाब दिएको बताएका थिए ।

Loading...

Related News

आज नेविसंघको स्थापना दिवस : के गर्यो नेविसंघले ?

काठमाडौं, ६ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ जन्मेको आज ४९ वर्ष भएको छ…

देउवाको दावी– नागरिकको मर्मअनुसार काम गर्ने पार्टी काँग्रेस मात्रै

काठमाडौं, ५ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकको मर्मअनुसार काम गर्ने एक्लो पार्टी काँग्रेस मात्रै…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी