ठिमीमा फेसन हबको रुपमा संचालनमा आयो सारा कलेक्सन

170 Hits

-लिला श्रेष्ठ,भक्तपुर।

फेसन एउटा चक्र जस्तै हो, जुन घुमिरहन्छ । नेपालमा भारत साथै वेस्टर्न पहिरन शैली पनि उत्तिकै अनुशरण गरिँदैछ । हरेक घरका कुनै न कुनै व्यक्ति विदेशमा हुने तथा टिभी, युट्युब एवं सोसल मिडियाको बढ्दो प्रभावका कारण पनि यस्तो भएको हो । हामीले हरेक देशका पहिरन शैली तुरुन्तै हेर्न र सुहाउँदो शैलीलाई आफूमा उतार्न सक्छौं ।

जाडो,गर्मि, साथै अनेक फेस्टिबलमा जोकोही आफ्नो पहिरनमा केही नयाँपन आओस् भन्ने चाहन्छन् । फेसन बजारमा पनि मौसमसँगै पहिरनको डिजाइनमा समेत विविधता भित्रिरहेको हुन्छ ।
बढ्दो उमेरका किशोरीहरूलाई जस्तो पहिरन पनि त्यत्तिकै सुहाउँछ तर चाडपर्वमा फरक लुक्स दिन भने, स्किन कम्प्लेक्सन, शरीरको बनावट एवं उचाइअनुसार डिजाइन भएका कपडाले अझ आकर्षण दिन्छ ।


अहिलेको फेसन ट्रेन्ड जिरो फिगरको नभएकाले लुज फिट फेसन बढी लोकप्रिय छ । अहिलेको खानपान एवं जीवनशैलीका कारण हेल्दी फिगरका मानिसहरूको संख्या बढी छ । त्यसैले केहि वर्षदेखि नेपाली फेसन, भारतीय सहित वेस्टर्न फेसन शैलीबाट बढी प्रभावित भैरहेको छ ।

यस्तै विविधतालाई मध्यनजर गर्दै, नेपाली महिलाहरुको फेसन चाहना अनुरुप भक्तपुरको ठिमीमा कलेक्सन बुटिकको रुपमा सारा कलेक्सनको स्थापना गरिएको छ। ठिमी आकाशे पुल संगै, मध्यपुर हस्पिटल नजिकै रहेको सारा कलेक्सनले महिलाहरुको लागि उपत्यकामै राम्रो सेवा दिने गरि संचालनमा आएको बताईएको छ।
नयाँ नौलो साथै सबै सामान मास्टर पिस रहेकाले गुणस्तरमा कहीं पनि कमि नआउने कलेक्सन संचालक रश्मि सिग्देल अधिकारीले बताउनुभएको छ । महिलाहरुका सबै पहिरन सहित कुर्था,टप ,सारी,सेमी-स्टिच,पिस लगाएत अन्य फेसनेवल कपडा पाईने उहाँले बताउनु भएको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी