ल्हाक्पा गेलुकै नाममा स्पीड आरोहीको कीर्तिमान

315 Hits

काठमाडौं । पर्यटन विभागले १४ वर्षअघि बिना आधार पेम्बादोर्जी शेर्पालाई सगरमाथाको स्पीड आरोहण गरेको भनी थमाएको प्रमाणपत्र गलत भएको स्वीकार गरेको छ । बिना आधार दिइएको प्रमाणपत्र विभागले रद्द गर्दै स्पीड आरोही ल्हाक्पागेलु शेर्पालाई नै सदर मानेको हो ।

-विश्वकीर्तिमानी स्पीड आरोही सोलुखुम्बुका ल्हाक्पा गेलु शेर्पा (बायाँ) र नक्कली स्पीड आरोही बनेका दोलखाका पेम्वादोर्जे शेर्पा प्रमाणपत्रसहित । फाइल तस्बिर ।
-पेम्बाले ८ घण्टा १० मिनेटमा आधारशिविरबाट सगरमाथाको चुचुरो पुगेर आधारशिविर फर्केको भनी विभागले बिना आधार प्रमाणपत्र थमाएपछि पेम्बाको आरोहण झुटा भएको भन्दै ल्हाक्पासहित अन्य आरोहीले सर्वोच्च अदालतमा उजुरी दिएका थिए । उजुरीमाथि छानबिन गरी सर्वाेच्च अदालतले उक्त कीर्तिमान खारेज गर्न आदेश दिएको थियो । सर्वाेच्चको आदेशपछि पर्यटन विभागले कात्र्तिक १५ गते पेम्बादोर्जी शेपाको प्रमाणपत्र खारेज गरेको हो ।

सन् २००४ मे २१ मा पेम्बा दोर्जी शेर्पाले सगरमाथामा आरोहण गरेको भनी ल्हाक्पागेलु शेर्पाले कीर्तिमान खोसेको दाबी गरेका थिए । पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ को नियम ३० सँग सम्बन्धित अनुसूची–११ बमोजिम सम्पर्क अधिकृतले पेस गर्ने प्रतिवेदनमा सोही अनुसूचीको देहाय खण्ड २३ अनुसार पर्वतारोहीले यात्रा गरेको महत्वपूर्ण ठाँउको फोटो, पर्वतारोही दलका सदस्यसमेत उपस्थित भएको आधार शिविरको फोटो, पर्वतारोही दलको नेताको प्रतिवेदन नभएकाले पेम्बाको कीर्तिमान झुटो ठहर गरी सर्वोच्चले खारेज गरेको थियो ।
अदालतका अनुसार विभागले समेत कीर्ते टिप्पणी उठाएर प्रमाणपत्र दिलाएको पाइएको थियो । विश्वकीर्तिमानी आरोही ल्हाक्पागेलु शेर्पाले कुनै पनि आधार बिना विभागले घुस लिएकै भरमा प्रमाणपत्र थमाएको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । ‘पर्यटन विभागकै मिलोमतोमा घुस लिएर मेरो विश्वकीर्तिमान खोस्ने कोसिस गरिएको थियो तर सफल भएनन्,’ ल्हाक्पाले भने । उनले सन् २००३ मे २५ का दिन १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथाको आरोहण गरी विश्वकीर्तिमान राखेका थिए ।
सर्वोच्च अदालतका न्यायशिीश चोलेन्द्र समशेर जवरा र डम्बर बहादुर शाहीको संयुक्त इजलासले ६ महिनाअघि पेम्बाको आरोहणको कुनै आधार नभएको भन्दै कीर्तिमान खारेज गरिएको फैसला सुनाएको थियो। सरकारले खटाएका सम्पर्क अधिकृतले घुस लिएर बिना आधार चुचुरो पुगेको भनी आरोहणको प्रमाणपत्र दिलाएको आरोप लागेको थियो । प्रमाणपत्र हातपारेसँगै पेम्बाले गिनिजबुक अफ वल्र्ड रेकर्डमा स्पीड आरोहीको विश्वकीर्तिमानमा आफ्नो नाम लेखाएका थिए ।
झुठ्ठा र काल्पनिक विवरण पेस गरेर कीर्तिमान कायम गर्नेमा पेम्बा मात्रै नभएर अन्य कीर्तिमानीहरु पनि रहेको रहेको पर्वतारोहीहरु दाबी छ । सन् २०१६ मे २३ मा भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोड र निजकी श्रीमती तारकेश्वरीले नक्कली तस्बिर देखाइ सगरमाथा आरोहणको दाबी गरी पर्यटन विभागबाट प्रमाणपत्र लिएका थिए । पछि विभागले त्यो खारेज र्गयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी