गच्छेदार बने उपसभापति, पौडेल समुहको असन्तुष्टि, महासमिति बैठक सारियो

31 Hits

काठमाडौं,  कात्तिक ।
नेपाली कांग्रेसमा नव आगन्तुक विजय गच्छेदार उपसभापति बनाइएपछि प्रतिपक्षी भुमिकामा रहेको पौडेल पक्ष असन्तुष्ट बनेको छ ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले लोकतान्त्रिक फोरमबाट एकताबाट आएका विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेको हो । बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा पनि गरेको हो ।

कांग्रेस सभापति देउवाले महाधिवेशन सकिएको लामो समय बितिसक्दा पनि पदाधिकारीलाई पूर्णता नदिएको आरोप खेपिरहेका बेला मंगलबार गच्छदारलाई उपसभापति बनाएका हुन् । उनले गच्छेदारलाई उपसभापति बनाएपनि अन्य पदाधिकारीहरु भने रिक्त नै छन् ।
चुनावको मुखमा लोकतान्त्रिक फोरमलाई कांग्रेसमा मिसाए पनि गच्छदार अहिलेसम्म जिम्मेवारीविहीन बनाइएका थिए ।जसले गर्दा उनले पटक पटक कांग्रेस फुटाउने हुन् की भन्ने चिन्ता थपींदै गएको थियो ।

गच्छदारलाई उपसभापति बनाइएकोमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले असन्तुष्टि प्रकट गरेको छ । गच्छदारको नियुक्ति विधि र प्रक्रिया मिचेर गरिएको पौडेल समूहको प्रतिक्रिया छ ।

कांग्रेसले पुर्व निर्धारीत र अन्तीम तयारीमा पुगेको महासमिति बैठकको मिति पनि पछि सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने बताइएको छ । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।

बैठकले मानवअधिकारवादी नेता पदमरत्न तुलाधरको निधनप्रति शोक व्यक्त गरेको छ भने सोमबार डोल्पामा जीप दुर्घटनामा परी निधन भएकाहरु प्रति पनि शोक प्रकट गरेको छ । शोक व्यत्तः गरेको विषयमा कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

बैठकले पार्टीको लेखा परीक्षण समितिको संयोजकमा श्यामकुमार घिमिरेलाई मनोनयन गरेको छ ।
त्यसैगरी जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी उपसभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरिएको छ । समितिले आगामी कार्य समिति बैठकमा पार्टी एकतासम्बन्धी विधि तय गरेर प्रतिवेदन पेश गर्ने टिओआर तोकिएको छ ।

Loading...

Related News

गच्छदारलाई महासमितिपछि मात्रै जिम्मेवारी : प्रबक्ता शर्मा

काठमाडौं, २७ कात्तिक । उपसभापति विजयकुमार गच्छदारले महासमिति बैठकपछि मात्रै पार्टीमा जिम्मेवारी पाउने भएका छन् । नेपाली कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माका…

कांग्रेसमा देउवा विरुद्ध पुर्व संस्थापन पक्ष एक, सुजाता निवासमा भेला

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा विरुद्धको मोर्चाबन्दी शुरु भएको छ । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी