राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, भ्रमण सफल – परराष्ट्रमन्त्री

111 Hits

काठमाडौं, १५ कात्तिक ।
राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्। कतारका राष्ट्रपति अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ गएकी राष्ट्रपति भण्डारी विहिबार साँझ स्वदेश आइपुगेकी हुन् ।

कतारमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर पत्नीलगायत कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गरेकी थिइन्। परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको कतार भ्रमणले सम्बन्ध थप उचाइमा पुगेको बताएको छ।

राष्ट्रपति फर्के लगत्तै उनीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मी समक्ष भ्रमण सफल रहेको बताएका थिए । राष्ट्रपतिले औपचारिक भेटघाटको साथै कतारमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन्। भ्रमणका क्रममा उनले त्यहाँ रहेका नेपालीका समस्या पनि सुनेकी र ध्यानकर्षण भएको बताएकी थिइन् । कतारमा तीन लाख बढी नेपाली कार्यरत छन्।

राष्ट्रपति आज आउँदै, प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, को को जान्छन् स्वागतमा ?

उनले कतारमा सिकेको सीप र यहाँको लगानी लगेर नेपाल बनाउने कार्यमा इँटा थप्न पर्ने बताइन्। सबैको सहकार्यमा मात्र नेपाल बन्ने धारणा उनले व्यक्त गर्दै मुलुकमा सरकारले लगानीको वातावरण बनाउदै लगेको सन्देश दिइन्। कतारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीसँग कतारका अमिर लगायत सरकारी उच्च अधिकारीहरूले भेटवार्ता गरेका थिए । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न स्थान र सम्पदाको अवलोकन गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीको स्वागतमा कार्यवाहक राष्ट्रपति समेत रहेका उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्ण बहादुर महरा, सरकारका मन्त्रीहरु र विशिष्ट पदाधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

Loading...

Related News

राष्ट्रपतिले नेपाली भाषामा सम्वाेधन गर्दै के भनिन् चीनमा ?

काठमाडौं , १३ बैसाख – राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा नेपाली…

स्वदेशमा अालाेचना भइरहँदा राष्ट्रपति किन जाँदैछिन् अमेरिका ?

काठमाडौं , २६ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारी महिलासम्बन्धी राष्ट्रसंघीय बैठकमा सहभागी हुन आइतबार त्यसतर्फ जाँदैछिन् । विभिन्न सामान्य कार्यक्रममा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी