नविकरणीय उर्जा सम्मेलनले के गर्यो ? (३२ बुँदे घोषणापत्रसहित)

92 Hits

काठमाडौं, १५ कात्तिक ।

नवीकरणीय ऊर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ । राजधानीमा बुधबार ३२ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको सम्मेलन ३ दिन सम्म चलेको थियो । सम्मेलनमा नेपाल, भारत सहित सार्क आवद्ध राष्ट्र तथा युरोप र अमेरिकाका वैकल्पिक ऊर्जा विज्ञहरुको सहभागिता थियो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इञ्जिनीरिङ अध्ययन संस्थानद्वारा संयुक्तरुपमा आयोजित ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय  सम्मेलनमा सौर्य ऊर्जा, वायो ऊर्जा र लघु जलविुद्यत सँग सम्बन्धित विभिन्न ७४ वटा कार्यपत्र प्रस्तुत भएको थियो ।

सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकारले नीति, आवधिक योजना र बजेटमार्फत ऊर्जालाई महत्व दिएको बताएका छन्। सम्मेलनको समापन कार्यक्रममा मन्त्री पुनले पूर्वाधार निर्माण, औद्योगिकीकरण, व्यापार र समग्र विकासका लागि ऊर्जा आधारभूत वस्तु रहेकाे बताए।

गत वर्ष सरकारले ल्याएको ऊर्जासम्बन्धी श्वेतपत्रमा दिगो विकास लक्ष्य तथा सबैका लागि ऊर्जाको पहुँच पु-याउन नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न लक्ष्यहरु निर्धारण गरेको उनले बताए। सरकार, दातृ निकाय र निजी क्षेत्रको सहकार्यमा स्वच्छ र आधुनिक ऊर्जा प्रविधिलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता रहेकाे मन्त्री पुनकाे जाेड छ।

घोषणापत्रमा दिगो विकासको लक्ष्य पूरा गर्न मुलुकमा भएका नवीकरणीय ऊर्जाको परिचालन गर्नुपर्ने, क्षेत्रीय स्तरमा विद्युतको सञ्जाल विस्तारको लागि इनर्जी डाटा बैंकको स्थापना गर्नुपर्ने, कम लागतमा सबैमा ऊर्जाको पहुँचको लागि उपयुक्त निति बनाउनुपर्ने लगायतका बुँदाहरु समावेश गरिएको छ ।
क्षेत्रीय स्तरमा विद्युत व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपालबीच सञ्चाल बिस्तार गरी अगाडी बढाउनुपर्नेमा पनि सम्मेलनले जोड दिएको छ । यसलाई नारामा मात्र सीमित नराखी क्षेत्रीय कार्यालय नै स्थापना गरी सञ्जाल बिस्तार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएको नवीकरणीय ऊर्जा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक प्राध्यापक डा. त्री रत्न ब्रर्जचार्यले जानकारी दिए ।
उनले भने, ‘विद्युत व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपालको बीबीआईएन नेटवर्क बनाउनु पर्‍यो, त्यसका लागि एउटा क्षेत्रमा मात्र सीमित नगरेर र यस सम्बन्धी एउटा कार्यालय स्थापन गनुर्‍यो, सार्क राष्ट्र त छंदैछ, तर बीबीआइएनको छुटै कार्यालय स्थापना हुनुपर्छ । ’

विद्युत वितरण प्रणालीको क्षमता वृद्धिका लागि रणनीति बनाउनुपर्ने पनि घोषणा पत्रमा उल्लेख छ । निजी क्षेत्र सहित सबै सरोकारवालालाई आत्मसाथ गर्दै समग्र ऊर्जा क्षेत्रको विकासमा लाग्नुपर्नेमा आवाज उठेको संयोजक ब्रर्जचार्यले जानकारी दिनुभयो ।

Loading...

Related News

उर्जा मन्त्रीकाे सफलता : नेपालले विजुली बेच्न अब धेरै सजिलो

काठमाडौं, ८ पुस । नेपालले उत्पादन गरेको विजुली बेच्न अब धेरै सजिलो भएको छ । उर्जा मन्त्रालयको पहलमा भारतले क्रस…

हाम्रा विरुद्ध अनर्गल प्रचार गरियो, मन्त्रालयमा आएर बझ्नुस् : मन्त्रीहरु

काठमाडौं, ५ पुस । सरकारका मन्त्रीहरुले आफूहरु विरुद्ध मिडिया अनर्गल प्रचारमा उत्रिएको भन्दै यथार्थ बुझ्न मन्त्रालय आउन चेतावनी दिएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी