खुल्यो प्रिमियर इन्स्योरेन्सको एफपीओ शेयर, हेर्नुहोस् कहाँबाट दिने आवेदन ?

118 Hits

काठमाडौं, १६ पुस ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले आजबाट ६ लाख ५९ हजार ५६५ कित्ता फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गरेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७९९ रुपैंयाको दरमा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको शेयर खरिदमा इच्छुक सर्वसाधारणले न्युनतम १० कित्ता अर्थात ७ हजार ९सय ९० रुपैयाँ देखि अधिकतम ३२९० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा पुस १६ गतेदेखि छिटोमा पुस १९ गते र ढिलोमा माघ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

अहिले इन्स्योरेन्सको चुक्ता पूँजी ४४ करोड ८५ लाख चार हजार रुपैयाँ रहेको छ । एफपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ ।

कहाँ-कहाँबाट भर्न पाइन्छ शेयर ?

एफपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, प्रिमियर इन्स्योरेन्स कम्पनी नारायाणचौर नक्साल काठमाडौं र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय सस्थाबाट र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी