बाम सरकारको मुख्य प्राथमीकता निशुल्क र गुणस्तरीय शिक्षा : गुरुङ

145 Hits

लमजुङ,
लमजुङ्गबाट प्रतिनिधिसभा सदस्य बनेका देवप्रसाद गुरुङले बाम नेतृत्वमा बन्ने अबको सरकारको मुख्य प्राथमीकता जनताको पहुँचमा निशुल्क र गुणस्तरीय शिक्षा हुने बताएका छन् ।

लमजुङको मध्यनेपाल–१ जितास्थित सूर्यज्योति माविको ४३ औँ वार्षिकोत्सवमा युवाशक्ति बाहिरिनु देशको शिक्षा क्षेत्रको असफलता रहेको तर्क गर्दै उनले भने, ‘शिक्षा क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्दा युवा बेरोजगार बन्नुपरेको छ ।’ ‘शिक्षा क्षेत्रबाट जति पनि जनशक्ति उत्पादन भएका छन्, ती बाहिरएका अवस्था छ’, नेता गुरुङले भने, ‘बेरोजगार बनेर लाखौँ युवा विदेशिएका छन्, यो स्थितिलाई आमूल परिवर्तन गरी शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने दिशामा लाग्न जरुरी छ ।’

उनले सामुदायिक विद्यालयमा राज्यको लगानी बढाउनुपर्ने र माविसम्मको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्नेमा जोड दिदैं प्राविधिक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयको स्थापनामा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले शिक्षामा भएको निजीकरण र व्यापरीकरणलाई राज्यले कडा नियमन गर्नुपर्नेमा जोड दिएका छन् । सामुदायीक विद्यालय खाली हुँदै जाने र नीजि विद्यालय मौलाउँदै जाने प्रवृत्तिप्रति आपत्ति जनाउँदै उनले भने यसले गर्दा शिक्षाले वर्गिय खाडल बढाउँदै लग्यो, जसले गर्दा गरीवि घटनुको बदला बढ्न जान्छ । निर्वाचित भएपछि लमजुङ्गका विभिन्न कार्यक्रममा व्यस्त रहेका गुरुंगलाई मन्त्री बन्न लमजुंगबासीको दवाव छ ।

Loading...

Related News

अमेरिकी सेनाको अगुवाइमा काठमाडौँमा सम्मेलन, चीनलाई बिच्काउने !

काठमाडौँ- काठमाडौँमा तीन दिनसम्म चलेको विभिन्न २४ देशका सेनाका उच्च अधिकृतहरुको सम्मेलनबारेमा संसदमा प्रश्न उठेको छ। अमेरिकी सेनाको अगुवाइमा भएको…

माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

काठमाडौं, २ जेठ । नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी