गोर्खा पुगेर नारायणकाजी श्रेष्ठले भने- काँग्रेस जनादेशको विरुद्ध जान खोज्यो

100 Hits

राजेन्द्र न्यौपाने
गोरखा १० पुष ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेपाली काँग्रेस जनादेशको विरुद्धमा जान नहुने बताएका छन् । गोरखामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सो कुरा बताएका हुन् ।

निर्वाचनमा देशैभरी बामगठबन्धनका नेताहरुको विजयी हुँद पार्टी एकताका सुत्रधार समेत रहेका श्रेष्ठ गोरखा निर्वाचन क्षेत्र नं। २ बाट विजयी हुन सकेका थिएनन् । पछिल्लो समय देशको राजनीतिक परिस्थिति जटिल बन्दै गरेको अवस्थामा श्रेष्ठले समसामयिक विषयमा आफ्ना धारणाहरु राखेका थिए । एकल संक्रमणीय विधि अपनाएपनि काँग्रेसले पहिला नमानेको र बहुमतिय विधि संसदमा पेश गरिएको उनले बताए । स्थानीय तहको निर्वाचन पछि काँग्रेसले फेरी एकल संक्रमणीय विधि अनुसार अध्यादेश ल्याएको उनको भनाई छ । अहिलेको संविधानले केही पनि नभनेको , सबैको प्रतिनिधित्व गर्नुपर्ने भएकोले एकल संक्रमणीय विधि लागु गर्न कठिन रहेको उनले बताए । बहुमतिय विधि सरकारले हुबहु लागु गर्न सक्छ भनेर राखियो तर अध्यादेशबाट यसलाई उल्टाउन खोजेको श्रेष्ठले बताए । एकल संक्रमणीय विधिमा जानै हुन्न भन्ने नरहेको उनको भनाई छ । तर लोकतान्त्रिक मान्यता के हो रु अध्याधेश पहिला संविधानमा ल्याएको विधेयकको विरुद्ध पेश गर्न नमिल्ने बताए । लोकतान्त्रिक विधि विरुद्ध काँग्रेस गएकोले आवश्यक लचतकताका साथ सम्झौता र सहमतिको स्प्रिट अनुसार निकास निकाल्न आफूहरु तयार रहेको नेता श्रेष्ठले बताए ।

कुनै पनि ढंगले जनादेशलाई उपेक्षा गर्नुहुँदैन । नेपालको लोकतान्त्रिक मुल्य मान्यतालाई सबैले आत्मसाथ गर्नुपर्दछ । दुई तिहाई बामगठबन्धनको अभिमतबाट स्थायी सरकार बनाउन हामी लागि पर्ने छौं । प्रतिपक्षहरुसँग सहमति सहकार्य र एकता गर्दै अगाडी बढ्ने छौं ,प्रतिपक्षले पनि रचनात्मक भूमिका खेल्नु हुनेछ । आजको राजनीतिक यथार्थलाई ध्यान दिएर निकास निकाल्नुपर्दछ र कुनै सम्झौताका साथ सहमति गरेर अगाढि बढ्न्ु पर्दछ भने पनि हामी तयार छौं ।
गोरखा निर्वाचन क्षेत्र नं। २ को निर्वाचन परिणामको विषयमा बोल्दै नेता श्रेष्ठले भने “निर्वाचनको परिणामका विषयमा हामी पार्टी भित्र र बाम गठबनध्नमा बस्तुनिष्ठ ढंगले समिक्षामा जुटिरहेका छौ । यो पटक गोरखाका निर्वाचन क्षेत्र नम्बर २ का जनताको चयनमा हामी परेनौं । तर जसले मत दिनुभयो उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हामी सबैको सेवा लाग्छौं । ” अहिलेको निर्वाचनमा बाम गठबन्धनलाई प्राप्त जनादेश भित्र बाम एकता आदेश पनि छ । पार्टी एकताको पक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्न चाहन्छौं । सरकार गठन अगाडी पार्टी एकता होस भन्ने चाहना हो । पार्टी एकता र सरकार गठनको प्रक्रिया अलग कुरा भएकाले अघिपछि हुन सक्ने उनले बताए ।

एकिकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा कुनै विवाद नरहेको नेता श्रेष्ठले बताए । नेताहरुको वीचमा कसरी अगाडि जाने भन्ने कुरामा सैद्धान्तिक र नीतिगत व्यवस्था गरेर नेतृत्वको बारेमा छलफल गरेर अगाढि बढ्ने उनले बताए । सरकारले ल्याएको अध्याधेशका बारेमा कुरा राख्दै श्रेष्ठले भने , राष्ट्रिय सभाको कानुन नभएर निर्वाचनमा गईसकेपछि यो समस्या भएको हो । सबैको यसमा जिम्मेवारी छ । कानुन विना राष्टिय सभा गठन हुन सक्तैन । सरकार राष्ट्रिय सभासँग सम्बन्धित छैन । निर्वाचन आयोगले के गर्छ भनेर हामी पनि हेर्दै छौं । निर्वाचन आयोगले सात दिन भित्र प्रतिवेदन बुझाउने समय भएकोले समय छदै टिप्पणी गर्न नमिल्ने उनको भनाई छ । जनादेश अनुसार लामो समय सम्म सरकार गठन नहुने स्थिति रहन नहुने उनले बताए । गोरखा जिल्लालाई समृद्ध गोरखा र खुशी गोरखाली अभियानलाई सम्पन्न गर्न अगाडि बढीरहने छौं । जहाँ सम्म अहिलेको राजनीतिक परिस्थितिको कुरा हो निर्वाचनबाट जनादेश प्राप्त भईसकेपछि जनादेश अनुसार अगाडी बढ्नु आजको ऐतिहासिक आवश्यकता भएको नेता श्रेष्ठको भनाई छ ।

बामपन्थी गठबन्धन बनाएर देशमा सामाजिक न्याय सहित सामाजिक आर्थिक रुपान्तरण गर्ने संकल्प लिएर बामगठबन्धन गरेको उनले बताए । पार्टी एकता प्राविधिक कारणले केही समय ढिलो भएको बताउँदै एकदूई दिन भित्रै पार्टी एकता संयोजन समितिको बैठक बस्ने नेता श्रेष्ठले बताए ।

Loading...

Related News

शिक्षा र स्वास्थ्यमा सुधार गर्न दृढ छाैं – नाराययणकाजी श्रेष्ठ

राजेन्द्र न्यौपाने गोरखा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले नेपालको स्वास्थ्य र शिक्षामा देखिएको विकृति…

नारायणकाजीले भने -‘नयाँ वर्षसँगै पार्टी एकता, झण्डा र विधान आफ्नै

राजेन्द्र न्यौपाने १७ चैत, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७५ साल बैशाख ९ गते एमाले र माओवादी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी