२२ वर्षदेखि बोल्ड डिसिजन गर्दै आएका प्रचण्डकै नेतृत्वमा समाजवादी नेपाल

198 Hits

काठमाडौं, ११ पुस/

२०५२ फागुन १ गते जनयुद्ध शुरु गर्ने बोल्ड डिसिजन गरेका पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना जिवनकालमा थुप्रै बोल्ड डिसिजन गरेका छन् । आज २१ वर्षपछि दोश्रोपटक सरकारको प्रधानमन्त्रीको रपमा उनले स्थानिय तहको निर्वाचन गर्नेदेखि स्थानिय निकायको संख्या बढाउने लगायतका बोल्ड डिसिजन गरे । मधेशी दलहरु आन्दोलनमा जाने खतरा, प्रमूख प्रतिपक्षी दलहरुको असहयोग, आफ्नो पार्टीको पोजिशन खस्कने वस्तुगत आधारको खतरालाई समेत आँखा चिम्लँदै संविधान कार्यान्वयनको लागी प्रधानमन्त्रीको रुपमा उनले गरेको यो डिसिजन बोल्ड नै मान्नुपर्ने विश्लेषकहरुले बताएका थिए । संविधानको कार्यन्वयनको लागि अनिवार्य शर्त स्थानिय तहको निर्वाचन सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्डले फेरी एउटा नयाँ रक्त संचार नेपाली जनमानसमा गर्न सफल भएका थिए। त्यसपछि उनले दोश्रो चरणको निर्वाचन र बाँकी रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सहजतासाथ हस्तान्तरण गरे ।
प्रचण्डले पहिलो प्रधानमन्त्री भएको बेला सरकारको निर्देशन नमान्ने तत्कालिन नेपाली सेनाका सेनापति रुक्मांगत कटुवाललाई गरेको कार्वाही कार्यान्वयन नभएपछि नैतिकताको आधारमा प्रधानमन्त्रीको पद त्याग गर्ने निर्णय पनि नेपालको इतिहासमा बोल्ड डिसिजन थियो । त्या निर्णय कार्यान्वयन भएको भए नेपालको राजनीतिले अर्कै मोड लिनेवाला थियो ।

जनयुद्ध शुरु गर्दा हरेक पटक नयाँ योजना र दस्तावेज सार्वजनीक गर्दा, एकतर्फी युद्धविराम गर्दा, शान्ति वार्तमार्फत शान्ति प्रक्रियामा प्रवेश गर्दा, अघिल्लोपटक प्रधानमन्त्री बन्दा,नेपाली सेनाका तत्कालिन सेनापति रुक्मांगत कटवाललाई कार्वाही गर्दा होस् वा सरकारबाट राजीनामा दिंदा होस त्यसैगरी आफ्नै दलको नेतृत्वको सरकारलाई फालेर कर्मचारी नेतृत्वको सरकार निर्माण गर्दा होस वा नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाई प्रधानमन्त्री बनाउदा होस् वा संविधान निर्माण र जारी गर्दा होस् नेकपा एमालेका अध्यक्ष केपी ओलीलार्इ प्रधानमन्त्री बनाउँदा होस् वा केपी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी अपदस्त गरी नेपाली कांग्रेससँग गठबन्धन गरी आफ्नै नेतृत्वमा प्रधानमन्त्री बन्न होस प्रचण्डले सधैं बोल्ड डिसिजन गर्दै आएका छन् ।

आफैंले नेतृत्व गरेको पार्टीका सहयात्री नेताहरु फुटेर नयाँ पार्टी बनाउँदाको अवस्थामा होस वा तीनै नैताहरुलाई एकतावद्ध गरी आफ्नै नेतृत्वमा पार्टी संचालन गर्दा होस प्रचण्डले हरेपटक केही रिस्क लिएरै अगाडि वढेका छन् ।

अहिले प्रचण्डकै नेतृत्वमा नेपालका बामपंथी पार्टी मुख्य गरेर ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता र सहकार्य गर्दै अगाडि वढ्ने प्रक्रियाको शुरुवात भएको छ । यो पनि धेरै ठूलो जोखिम पूर्ण निर्णय नै हो । एक अर्कामा विपरित मान्यता र विचार बोकेर वर्षौदेखि गालि गलौज र आरोप प्रत्यारोपमा उत्रिएका तथा उकले अर्कालाई सिध्याने राजनीति गरेका दल, नेता कार्यकर्ताहरुलाई एकै पार्टीमा समायोजन गर्ने निर्णय गर्दै गर्दा प्रचण्डमा कुनै हतास नदेखिनु र कुनै आशंका विना नै सिंगा पार्टीलाई निर्वाचनमा होमेर यो सफलता दिलाउनु प्रचण्डको अर्को ठूलो बोल्डनेस हो ।

आफैं निर्वाचनमा होमीएका बेला आफ्नो एक मात्र छोराको निधनले समेत रोक्न नसकेको प्रचण्डको बोल्ड यात्रा शोकलाई शक्तिमा वदल्दै जारी छ । प्रचण्डलाई न त रुन छुट छ, न त हाँस्न छुट, न त रमाइलो गर्न छुट छ न त दुःख मनाउन नै । प्रचण्डले जिवनमा आफूलाई जति उपयोग गरे त्यो राष्ट्र र जनताको पक्षमा र नेपाली बाम आन्दोलनको विकासमा मात्रै हो । प्रचण्डले अवको यात्रा नेपालको विकास र समृद्धिको लागि नै बढाइरहनुपर्दछ । बाम आन्दोलनको मुख्य नेतृत्व र अब बन्न्ने एकीकृत पार्टीको नेतृत्व पनि प्रचण्डकै हुनुपर्ने बाध्यकारी र अनिवार्य आवश्यकता बन्दै गएको छ । प्रचण्डकै नेतृत्वमा मात्रै नेपालको समाजवादी यात्राले पूर्णता पाउनसक्नेछ ।

Loading...

Related News

अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँ दिल्ली, २२ भदौ । तीनदिने औपचारीक भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत…

सकियो माओवादी र एमाले अध्यक्षको एकता वार्ता, यस्तो भयो सहमति

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड\ले फागुन १ गते नै एकता प्रक्रिया टुंग्याउने उद्घोष गरेपछि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी