
आइसिसी टी–ट्वान्टीमा मलेसियामाथि नेपालको जित
काठमाडौं, २९ असार –
आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आइतबारको मलेसिया विरुद्धको दोस्रो खेलमा छ रनले विजयी भएको छ । मलेसियाले सात विकेट गुमाएर पुरै ओभरमा १६७ रन मात्र बनाउन सफल भएको थियो ।

शुरु टस जितेर नेपालले शानदार ब्याटिङ गर्दै मलेसियालाई १७४ रनको लक्ष्य दिएको थियो । मलैसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको सो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित२० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो।
नेपालका लागि बिनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेल्नुभएको थियो ।
नेपालमा बाढी पहिरोमा धेरैको ज्यान गएकोमा शोक व्यत्त गन नेपाली खेलाडीले हातमा कालो पट्टी बाँधेर खेलेका थिए ।
