जेठ १० देखि एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुँँदै

काठमाडौं, ५ जेठ

यही जेठ १० गते देखि राजधानी काठमाण्डौमा ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेश्नलले सनिबार राजधानीमा पत्रकार सम्मेलन गरि ‘एक्सपर्ट पीएम कप’ को तेश्रो संस्करण बारे जानकारी गराएका हुन् ।

जेठ १० देखि २५ गते सम्म हुने प्रतियोगिताका खेलहरु र्कीतिपुर र मुलपानी खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा ३ विभागीय सहित ७ वटा प्रदेशका १० टिमले सहभागीता जनाउने छन् । समूहका शीर्ष २–२ टिमले सेमिफाईनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैया रहेको छ । परिषद्ले ८० लाख उपलब्ध गराउनेछ भने बाँकी नेपालय इन्टरनेश्नलले प्रायोजकको सहयोगमा लगानी गर्ने भएको छ ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैया पुरस्कार पाउने छन् । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५०/५० हजार रुपैया पाउने छन् । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज भित्रिएको छ ।