सोह्रौं शताव्दीको लमजुङ दरबार जीर्ण : कसरी गर्ने संरक्षण ? सोह्रौं शताव्दीको लमजुङ दरबार जीर्ण : कसरी गर्ने संरक्षण? लमजुङ, १२ वैशाख ।. सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो ।. शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ ।. यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार ।. कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो ।. त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ ।. यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।. उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह (१६४५), अचित शाह (१६६२), नरेन्द्र शाह (१६९३), केहरिनारायण शाह (१७३३), भीम शाह (१७९४), रिपुमर्दन शाह (१७९८) र वीरमर्दन शाह (१८०२–१८३९) गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए ।. विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए ।. नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे ।. उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् ।. पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।. तत्कालीन शासनकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । पानी पर्दा दरबारको छानाबाट पानीभित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लोकराज अधिकारीले बताउनुभयो ।. विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि दरबारको पुतली गारो लगायत अन्य भागमा क्षति पु¥याए पनि कुनै मर्मत नभएको उनको भनाइ छ । सरकार र राज्यका सम्बन्धित निकायले यस दरबारको मर्मत सम्भार, संरक्षण र सम्बद्र्धन र प्रबद्र्वन गर्न नसकेको स्थानीयवासी एवं बेसीशहर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ बताउनुहुन्छ । राज्यबाट चासो नदिँदा र आवश्यक प्रचारप्रसार पनि नहुँदा यस दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व समेत नामेट हुने अवस्थामा पुगेको छ ।. केही महिना अघि गाउँशहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्व उजागर गर्न स्थानीय सरोकारवालाहरुको चाहना अनुरुप लमजुङ दरबार परिसरमा यशोबह्मा शाहको शालिक निर्माण गरिएको छ । लमजुङ उदिपुरमा रहेको श्रीजंग गणले शालिक निर्माण गरेको हो । बेंसीशहरदेखि उक्त दरबार जाने सिंढीको बाटो बेंसीशहर नगरपालिकाले बनाउँदै गरेको र केही महिनापछि निर्माण कार्य सम्पन्न हुने बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।. चैतेदशैंको घटस्थापनादेखि अष्टमीसम्म र वडादशैं घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला समेत लाग्ने गर्दछ । यहाँ सरकारी बलि पनि दिने गरिन्छ । विशेष पूजा हेर्न र पूजापाठ गर्न लमजुङ कालिका मन्दिरमा भक्तजनको निकै भीड लाग्ने गर्दछ । बाइस सुसारे पुजारीहरु अर्थात बाइस जातिका पुजारीहरु लमजुङ दरबार परिसरमा रहेको लमजुङ कालिका मन्दिरमा रहेका छन् ।. अहिले पनि उनीहरुले पूजाआजा गर्दैआएका छन् । करीव १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ । जिल्लाको बेंसीशहरबाट आठ किलोमिटरको दूरीमा अवस्थित छ लमजुङ दरबार । या दरबार पुग्न गाडीबाट करीव ४५ मिनेट लाग्छ भन, पैदल हिँडेमा सवा एक घण्टादेखि दुई घण्टामा पुग्न सकिन्छ ।. ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको यस दरबारको सम्बद्र्धन, प्रवद्र्धन र जीर्णोद्धारमा राज्यको ध्यान पुग्न सकेको छैन । भावी सन्ततिहरुका लागि पनि यो दरबार सुरक्षित राख्न आवश्यक छ ।.
सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो ।
शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ ।
यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार ।
कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो ।
त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ ।
यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।
उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह (१६४५), अचित शाह (१६६२), नरेन्द्र शाह (१६९३), केहरिनारायण शाह (१७३३), भीम शाह (१७९४), रिपुमर्दन शाह (१७९८) र वीरमर्दन शाह (१८०२–१८३९) गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए ।
विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए ।
नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे ।
उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् ।
पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।
तत्कालीन शासनकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । पानी पर्दा दरबारको छानाबाट पानीभित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख लोकराज अधिकारीले बताउनुभयो ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि दरबारको पुतली गारो लगायत अन्य भागमा क्षति पु¥याए पनि कुनै मर्मत नभएको उनको भनाइ छ । सरकार र राज्यका सम्बन्धित निकायले यस दरबारको मर्मत सम्भार, संरक्षण र सम्बद्र्धन र प्रबद्र्वन गर्न नसकेको स्थानीयवासी एवं बेसीशहर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ बताउनुहुन्छ । राज्यबाट चासो नदिँदा र आवश्यक प्रचारप्रसार पनि नहुँदा यस दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व समेत नामेट हुने अवस्थामा पुगेको छ ।
केही महिना अघि गाउँशहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्व उजागर गर्न स्थानीय सरोकारवालाहरुको चाहना अनुरुप लमजुङ दरबार परिसरमा यशोबह्मा शाहको शालिक निर्माण गरिएको छ । लमजुङ उदिपुरमा रहेको श्रीजंग गणले शालिक निर्माण गरेको हो । बेंसीशहरदेखि उक्त दरबार जाने सिंढीको बाटो बेंसीशहर नगरपालिकाले बनाउँदै गरेको र केही महिनापछि निर्माण कार्य सम्पन्न हुने बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
चैतेदशैंको घटस्थापनादेखि अष्टमीसम्म र वडादशैं घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला समेत लाग्ने गर्दछ । यहाँ सरकारी बलि पनि दिने गरिन्छ । विशेष पूजा हेर्न र पूजापाठ गर्न लमजुङ कालिका मन्दिरमा भक्तजनको निकै भीड लाग्ने गर्दछ । बाइस सुसारे पुजारीहरु अर्थात बाइस जातिका पुजारीहरु लमजुङ दरबार परिसरमा रहेको लमजुङ कालिका मन्दिरमा रहेका छन् ।
अहिले पनि उनीहरुले पूजाआजा गर्दैआएका छन् । करीव १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ । जिल्लाको बेंसीशहरबाट आठ किलोमिटरको दूरीमा अवस्थित छ लमजुङ दरबार । या दरबार पुग्न गाडीबाट करीव ४५ मिनेट लाग्छ भन, पैदल हिँडेमा सवा एक घण्टादेखि दुई घण्टामा पुग्न सकिन्छ ।
ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको यस दरबारको सम्बद्र्धन, प्रवद्र्धन र जीर्णोद्धारमा राज्यको ध्यान पुग्न सकेको छैन । भावी सन्ततिहरुका लागि पनि यो दरबार सुरक्षित राख्न आवश्यक छ ।