झुक्कीएर भाजपालाई भोट गएपछि एक युवाले काटे आफ्नै औंला. नयाँ दिल्ली, ६ बैसाख ।. भारतमा भइरहेको लोक सभाको चुनावमा झुक्कीएर भाजपालाई भोट गएपछि एक युवाले आफ्नै औंला काटेका छन् । निर्वाचनका बेला अनेक र अनौठा समाचारहरू आइरहेका बेला युवकले औला काटेको समाचारले प्रमूखता पाएको छ ।. हिन्दूस्तान टाइम्सका अनुसार २२ वर्षीय युवक पवन कुमार नाम भएका ती युवकले बहुजन नामक क्षेत्रीय पार्टीमा मतदान गर्न चान्थे तर, झुक्किएर उनले सत्ताधारी पार्टी भारतीय जनता पार्टीलाई मत दिन पुगेपछि आत्मग्लानी भइ औला काटेका हुन् ।. उनी पहिलोपटक मतदानमा सहभागी भएका थिए । मतदानका लागि उनी अत्यन्त उत्साहित थिए । उनले आफूले क्षेत्रीय पार्टीलाई मतदान गर्न चाहेको तर, चुनाव चिन्हहरू धेरै देखेपछि अलमलिएकोले अर्कै पार्टीमा मत गएको उनले बताएका छन् ।. उत्तर प्रदेशको शिकारपुर क्षेत्रमा पवनकुमारले मतदान गरेका थिए । मतदानको बेला मतदातालाई चोर औंलामा सजिलै नमेटिने गरी रङ लगाइदिने गरिन्छ । पवन कुमार बहुजन समाजवादी पार्टीसँग आबद्ध रहेको बताइन्छ ।. हात्ती चुनाव चिन्ह रहेको सो पार्टीमा मत दिन चाहेका पवन कुमारले कमलको फूलमा मतदान गरेका थिए ।. भारतमा फिंगर प्रीन्टमार्फत थिचेर मतदान गर्ने प्रणाली छ । जसलाई एक पटक थिचेपछि सच्याउन पाईदैन ।.
भारतमा भइरहेको लोक सभाको चुनावमा झुक्कीएर भाजपालाई भोट गएपछि एक युवाले आफ्नै औंला काटेका छन् । निर्वाचनका बेला अनेक र अनौठा समाचारहरू आइरहेका बेला युवकले औला काटेको समाचारले प्रमूखता पाएको छ ।
हिन्दूस्तान टाइम्सका अनुसार २२ वर्षीय युवक पवन कुमार नाम भएका ती युवकले बहुजन नामक क्षेत्रीय पार्टीमा मतदान गर्न चान्थे तर, झुक्किएर उनले सत्ताधारी पार्टी भारतीय जनता पार्टीलाई मत दिन पुगेपछि आत्मग्लानी भइ औला काटेका हुन् ।
उनी पहिलोपटक मतदानमा सहभागी भएका थिए । मतदानका लागि उनी अत्यन्त उत्साहित थिए । उनले आफूले क्षेत्रीय पार्टीलाई मतदान गर्न चाहेको तर, चुनाव चिन्हहरू धेरै देखेपछि अलमलिएकोले अर्कै पार्टीमा मत गएको उनले बताएका छन् ।
उत्तर प्रदेशको शिकारपुर क्षेत्रमा पवनकुमारले मतदान गरेका थिए । मतदानको बेला मतदातालाई चोर औंलामा सजिलै नमेटिने गरी रङ लगाइदिने गरिन्छ । पवन कुमार बहुजन समाजवादी पार्टीसँग आबद्ध रहेको बताइन्छ ।
हात्ती चुनाव चिन्ह रहेको सो पार्टीमा मत दिन चाहेका पवन कुमारले कमलको फूलमा मतदान गरेका थिए ।
भारतमा फिंगर प्रीन्टमार्फत थिचेर मतदान गर्ने प्रणाली छ । जसलाई एक पटक थिचेपछि सच्याउन पाईदैन ।