
नेपालमा पनि पबजी खेल्न र डाउनलाेड गर्न प्रतिबन्ध
काठमाडौं , २९ चैत- केही समयअगाडि छिमेकी देश भारतमा एक युवकको ज्यान गएपछि प्रतिवन्धित पकजी खेलमाथि नेपालमा पनि प्रतिबन्ध लागेकाे छ ।

नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाइएको हाे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष आग्रहमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र पठाइएको छ ।
यो संगै अब नेपालमा पब्जी खेल खेल्न र डाउनलोड गर्न नपाइने भएको हो । नेपाल दुरसंचार प्राधिकरणले सबै इन्टरनेट सेवा पद्रदायक कम्पनिलाई पब्जी खेल खेल्न र डाउनलोड गर्न प्रतिबन्ध लगाउन पत्र पठाइसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
पब्जी इन्टरनेटमा खेलीने भिडियाे गेम हाे । उक्त खेलकाे कारणबाट विभिन्न मानिसमा मानसिक समस्याकाे उजुरी अाउन थालेपछि प्रतिबन्ध लगाइएकाे हाे ।
पबजी खेलले युवा र विशेषगरी बालकहरूमा मानसिक र शारीरिक समस्या पैदा गरेकाे समाचार र उजुरी अाईरहेका बेला साे गेममाथी प्रतिबन्ध लगाएपछि सरकारकाे समर्थन बढेकाे छ ।
Read more at: https://www.samachardainik.com/news-details/17351/2019-04-11#.XK8YN0To3Rc.facebook
