एसईईका सबै प्रश्नपत्र ४ घण्टाभित्र रुजु गर्नु : शिक्षामन्त्री पोखरेल

काठमाडौं, १५ चैत ।
शिक्षा मन्त्री गिरिराजमणी पाोखरेलले एसइइका सबै प्रश्नपत्रहरु ४ घण्टाभित्र रुजु गर्न निर्देशन दिएका छन् ।
प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएका हुन् । शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्नेछ ।

देशभरका सबै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राखिएका छन् । साँझ ६ बजेसम्म पश्नपत्रको सुरक्षा अवस्था जाँच सकेर सुरक्षा समितिको बैठक पुनः बस्नेछ । उक्त बैठकले थप निर्णय लिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ ।

प्रदेश २ को घटना सिआइबीले अनुसन्धान गर्ने

प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएको बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान गर्ने भएको छ ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो । सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरिएको भेटिएपछि अनुसन्धानका लागि सिआइबीको टोली पठाएको हो ।