रास्वपा सभापति रवि लामिछाने धनगढी हुँदै भारततिर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निजी भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी पत्नी निकिता पौडेलसहित आज बिहान काठमाडौंबाट हवाईजहाजमार्फत धनगढी प्रस्थान गरेका हुन्। उनीहरू धनगढी हुँदै भारततर्फ लाग्ने कार्यक्रम छ।
तीन दिने आध्यात्मिक भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ। तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरेर रवि लामिछाने स्वदेश फर्किने छन्।
लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ ।





