बंगलादेशी राजदूतले भनिन् -नेपालमा लगानी गर्न इच्छुक छौं
काठमाडौं, १२ चैत ।
बंगलादेशकी राजदूत मस्फी विन्ते सम्सले बंगलादेश सरकार नेपालमा लगानी गर्न इच्छुक रहेको बताएकी छिन् । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्तसँग आज मन्त्रालयमा भेट गर्दै नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते सम्सले उक्त बताएकी हुन् ।
सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएका उर्जा मन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेशको विचमा भएका सहमती र सहकार्यका बारेमा समेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ ।
मन्त्री पुनले बङगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको धारणा व्यक्त गरेका छन ।
भेटमा बङगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बङगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी समेत दिएकी छन ।