प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनले किने १० हजारको शेयर
काठमाडौं, ७ चैत ।
प्रधानमन्त्री के पी ओली र उर्जामन्त्री वर्षमान पुन अनन्तले १०/१० हजारको शेयर किनेर त्रिशुली थ्रि ए को शेयर वितरण प्रारम्भ भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच प्रधानमन्त्रीले शेयर आवेदन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधीका शाक्य र उर्जा मन्त्री वर्षमान पुन अनन्तले १०/१० हजारको शेयर आवेदन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली थ्रि बी आयोजनाका लागि ग्लोबल आईएमई क्यापिटलमार्पत अनलाइन आवेदन भरेका हुन् । कार्यक्रम घोषणा गर्ने क्रममा उनले ३५ दिनभित्र आफैले आवेदन भर्ने घोषणा गरेका थिए ।
‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य छ ।
त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ । मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि यसअघि नै पारित गरिसकेको छ ।