व्यक्तिकाे जग्गालाई सार्वजनीक भन्दै हल्ला, जग्गा व्यक्तिकै हो : वडाध्यक्ष
काठमाडाैं, ५ चैत-
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ३ शिखर आम्बोटेमा रहेको एक जग्गालाइ सार्वजनीक भन्दै अनाधिकृत व्यक्तिहरुले मिडियामार्फत हल्ला गरेपछि वास्तविक जग्गावाला समस्यामा परेका छन् । वडा नं ३ अन्तरगत पर्ने ६ कित्ता जग्गामा हकवाला वास्तविक जग्गा धनीहरुले आफ्नो प्रमाण र कागजातसहित मालपोत कार्यालय काभ्रेमा प्रक्रिया अगाडि वढाएपछि किचलो झिकिएकाे हाे ।
म्राङखेपा सार्किमान तामाङको नाममा रहेका रोशी गाउँपालिका वडा नं ३ (साविक शिखर आम्बोटे वडा नं २ का कित्ता नं ३७, ४४ र वडा नं ३ का कित्ता नं १९५, १९६, २०२ र २०८) जग्गाहरु नीज म्राङखेपा सार्किमान तामाङ बेपत्ता भएपछि उनको नजीकका हकदार आफन्त (धनबीर तामाङ, पञ्चबीर लामा तथा स्व.मानबीर लामाका छोराहरु, कामीसिं लामा, मानसिं लामा र कुमार लामा) ले कागजात र प्रमाणसहित उक्त जग्गाहरु आफ्नो नाममा नामसारी गर्नको लागि सम्वन्धीत वडा कार्यलयमा निवेदन दिएका थिए ।
उनीहरुको निवेदनमाथि छानवीन गरी वडा कार्यलयले मालपोत कार्यालय काभ्रेलाई नामसारीको लागि सिफारीस (हेर्नुहोस सिफारिस पत्र) गरेको थियो । मालपोत कार्यालयले वडा सर्जमिन र मुचुल्का गराई पठाउन वडा कार्यालयलाई पत्राचार गरेपछि वडा कार्यालयले सर्जमीन र मुचुल्का गरी उक्त जग्गामा निजहरुकै हक लाग्ने प्रमाणसहित मालपोतमा पठाएको थियो । मालपोत कार्यलयले वडा कार्यालयको सिफारिस र मुचुल्का अध्ययन गरी ३५ दिने हक दावीको सार्वजनीक सूचना (हेर्नुहोस गोर्खापत्रमा प्रकाशीत सार्वजनीक सूचना) पनि प्रकाशीत गरी उक्त जग्गा नामसारी गराउन प्रक्रिया अगाडि बढाइसकेको छ ।
३५ दिने सार्वजनीक सूचना गर्दा कोही हक दावी गर्न नआएको तर त्यस अगाडि सौतेनी पट्टीका केही पुस्ता अगाडिका चमारसिं लामा समेतका व्यक्तिले उक्त जग्गा आफूहरुको भएको दाबी गर्दै एउटा साधारण निवेदन मालपोतमा दर्ता गराएको देखिन्छ । उनीहरुले वडाको सिफारिस र वडा मुचुल्का लगायतका केही पनि प्रमाण पेश गरेका छैनन् ।
अहिले मालपोत कार्यालयले प्रक्रिया अगाडि वढाइसकेपछि उक्त जग्गा सार्वजनीक जग्गा भएको भन्दै केही मिडियामा समाचार आउन थालेपछि जग्गाधनी हक वालाहरु आश्चर्यमा परेका छन् । उनीहरु आफूले ६० वर्ष अगाडिदेखि लगातार भोगचलन गर्दै आएको तथा मालपोत तिरो तिरीरहेको आफ्नो जग्गा कसरी सार्वजनीक भनेर प्रचार गरियो भनेर आश्चर्यमा मात्रै परेका छैनन् थप पीडित समेत भएका छन् । (हेर्नुहोस मालपोतमा तिरेको करकाे रसिद)
उक्त जग्गा व्यक्तिकै नाममा रहेको र व्यक्तिकै रहेको भनाई वडा अध्यक्ष धनजीत लामाको छ । लामाले मूलखबरसँग टेलिफोनमा भने –‘त्यो जग्गाको अहिलेसम्म पनि म्राङखेपा सार्किमान तामाङको नाममा मालपोत कर हामीले लिइरहेका छौं । २०५१ सालमा पनि त्यही नामबाट कर तिरेको देखिन्छ र भोगचलन पनि गरिरहेको जग्गा कसरी सार्वजनीक हुन सक्छ ? उनले आफूले कुनै पनि सार्वजनीक जग्गा व्यक्तिको नाममा लैजाने काम नगरेको दावी गरे ।
उनले आफूले मालपोत कार्यालयको निर्देशन अनुसार नै स्थानियवासी र अनुभवी हरुसँग सुनुवाई गरी मुचुल्का गराएको तथा त्यस अनुसार नै सिफारिस गरेको बताए । उनले नेपालको संविधानमा उल्लेखित देवानी संहिता २०७४ अन्र्तगतका अपुताली पाउने हकअनुसार नै उक्त जग्गामा हक दावी गरिरहेका धनबीर तामाङ, पञ्चबीर लामा तथा स्व.मानबीर लामाका छोराहरु, कामीसिं लामा, मानसिं लामा र कुमार लामाकै नाममा नामसारी गर्नु नै ठीक हुने बताए । साथै उनले उक्त जग्गामा हक दावी गरेका अर्कौ पक्ष चमारसिं तामाङलगायतको हक दावी नपुग्ने बताए । सर्जिमनमा आफूहरुले चमारसिं तामाङलगायतले आफूले पाउनुपर्ने अंश लिइसकेको देखिएको उनले बताए । (हेर्नुहोस वडा मुचुल्का)
मालपोत कार्यालय काभ्रेले यस विषयमा केही अध्ययन गरेर अगाडि वढ्ने बताएको छ । विशेष गरेर उक्त जग्गामा केही समयदेखि बुद्धचित्त मालाको उत्पादन भइरहेको र राम्रै आम्दानी हुने भएकाले आफूहरुको जग्गामा आँखा लगाउन अरु आएको दावी जग्गाधनीहरुको छ । उनीहरुले आफूलाई आफ्नै सम्पत्तिबाट विमुख गराउन विभिन्न मिडियावाजी गरिएकोले आफूहरु न्यायको लागि अगाडि वढिरहेको बताए । ‘हामीहरुले सम्पूर्ण प्रमाण र कागजात पेश गरिसकेका छौं, वडाको सर्जमिन र मुचुल्काले पनि त्यो हाम्रै जग्गा भएको ठहरीसकेको छ त्यसैले मालपोत कार्यलयले ढिला नगरी नामसारी गरिदिएमा आफूहरुले न्याय पाउने थियौं,–पीडित जग्गाधनीमध्येका ज्ञान बहादुर लामाले बताए ।
यस्तो छ यथार्थ
म्राङखेपा सार्कीमान तामाङ (अन्दाजी२२ वर्ष) २००९ सालतिर बेपत्ता भएको, उनको विवाह नभएको, निजको बाबु हर्कसिं तामाङ २०११÷१२ सालतिर र आमा मेन्दोरानी तामाङ २०१४÷१५ सालतिर कालगतिले मृत्यु भएको । उनीहरुबाट एक छोरा म्राङखेपा सार्किमान तामाङमात्रै र दुई छोरीहरुको जन्म भएको । छोरीहरुको पनि विवाह भइसकेपछि हाल निधन भइसकेको ।
रत्नबीरको दुई श्रीमती रहेकोमा उनको जेठी पत्नीपट्टी इन्द्रवीर र रामजीत भन्ने छोरा रहेको । कान्छी पत्नीपट्टी जयमल सिं, कुलमान सिं र बल्दर सिं भन्ने छोरा रहेको । जेठीपट्टिीका इन्द्रवीरको मेहेरसिं भन्ने छोराबाट चमारसिंको जन्म भएको । त्यसैगरी रामजीतबाट सिराविर र सुराविरको जन्म भएको । सिराविरबाट कुबेर सिंको जन्म भएको तथा सुराविरबाट लालविरको जन्म भएको । कुबेरसिंबाट नारायणसिं, इमान सिं र गम्विर सिंको जन्म भएको देखिन्छ । त्यसैगरी लालविरबाट लिलाविर र लिलाविरबाट धनविर लामाको जन्म भएको देखिन्छ ।
अर्कापट्टि कान्छी पत्नीका छोराहरु जयमल सिं, कुलमान सिं र बल्दर सिं मध्येको जयमलसिंबाट एक मात्र छोरा जमान सिंको जन्म भएको । जमानसिंबाट धनविर, मानविर र पञ्चविरको जन्म भएको । त्यसैगरी कुलमानसिंबाट हर्कसिं (म्राङखेपा सार्किमान तामाङको बुबा) को जन्म भएको तथा हर्कसिंहबाट निज बेपत्ता म्राङखेपा सार्किमान तामाङको जन्म भएको ।
कान्छि पत्नीपट्टीको अर्का छोरा बल्दर सिंको छोरा नभएको तथा मृत्यु भएको । यो तथ्यांक हेर्दा कान्छि पट्टिको हक लाग्ने धनविर, मानविर(मृतक) र पञ्चविरबाहेक अरु हुन सक्ने देखिन्न । यस मध्ये मानवीरको मृत्यु भइसकेको भएकाले उनका छोराहरु कामी सिं लामा, मानसिं लामा र कुमार सिं लामाको हक दावी पुग्ने देखिएको छ । (हेर्नुहोस बंशावली चार्ट)
म्राङखेपा सार्किमान बेपत्ता भएपछि उनका बुबा हर्कसिं र आमा मेन्दोरानीको पालन पोषण र मरेपछि काजक्रिया पनि जमानसिंका छोराहरु धनविर, मानविर र पञ्चविरले गरेका थिए । उक्त कुरा वडा मुचुल्कामा सहभागि स्थानियवासीले जानकारी दिएका छन् । साथै उनीहरुले नै हर्क सिंको भागमा रहेका ती जग्गाहरु वेपत्ता सार्किमान तामाङको नाममा दर्ता गराएका थिए । नीज सार्किमान तामाङ बेपत्ता भएपछि उनी हाल सम्म पनि सम्पर्कमा नआएपछि उनीहरुले जग्गा नामसारी गराई हक कायम गर्नको लागि प्रक्रिया अगाडि वढाएका हुन् ।