जनगायक झंकारले ल्याए लुट्न हुन्न देश कान्छा (भिडियो)

काठमाडौं , ३० फागुन – जनगायक झंकार मगरले नयाँ म्युजिक भिडियो लुट्न हुन्न देश ल्याएका छन् ।

गीतमा उनले नेपालको ग्रामीण भेगमा बस्ने एउटा गरिव परिवारमा आर्थिक समस्यामा परका एकजना युवा परिवारको दवावका कारण देश लुट्न जान लागेको तर यसरी देश लुट्न हुँदैन भन्दै उनलाई देश बनाउने दिशामा फर्काएको सन्देश प्रवाह गरिएको छ । गीत मार्फत उनले शहिदले गरेको त्याग र बलिदानीलाई भुल्न नहुने सन्देस दिएका छन् ।

गीतमा झन्कारले भ्रष्टाचारीलाई मजाले गाली गरेका छन् । भ्रष्टाचारीलाई दिउँसै आर्यघाट लैजानु पर्ने सन्देश उनको गीतमा रहेको छ । पशुपति शर्माले लुट्न सकेजति लुट् भनेर गित र्सार्वजनिक गरेपछि झन्कारले लुट्न हुन्न भनेका हुन् । यी दुईको रचना र प्रश्तुतीमा यही कुरा नै भिन्नता हो ।