खानीखोला हाइड्रोपावरले सर्बसाधारणका लाग शेयर निष्काशन गर्दै

काठमाडौं,९ जेठ ।

Hydro-power

खानीखोला हाइड्रोपावर कम्पनीले जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४२९ कित्ता सेयर निस्कासन गर्न लागेको हो । कम्पनीले कुल निस्कासन गर्ने सेयरहरुमध्ये ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको छ ।

बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।