अँझै दुईदिनसम्म पानी पर्ने
काठमाडौं ९ जेठ ।
रोआनु’ नामक चक्रवातका कारण नेपालमा शुक्रबारदेखि वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर उक्त चक्रवात पश्चिम बंगालको खाडीबाट उत्तरपूर्व तर्फ जाने क्रममा रहेको र बंगलादेशतिर अगाडि बढ्ने क्रममा नेपालको मौसमसमेत प्रभावित भएको उल्लेख गरेको छ ।
चक्रवातको असरकै कारण शुक्रबारदेखि मुलुकका विभिन्न भागमा भारी मात्रामा वर्षा भएको थियो । चक्रावात बंगलादेशतिर अगाडि बढिरहेको हुँदा नेपालको मौसम आगामी एक दुई दिनसम्म प्रभावित रहने मौसम विभागले जनाएको छ ।
महाशाखाले सोमबारसम्म पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षा हुने र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावनको रहेको जनाएको छ ।