कोलकोता नाइट राइडर्स ९ विकेटले पराजित

IPL12काठमाडौं,४ जेठ ।
इन्डियन प्रिमिएर लिग अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर बैंगलोरले कोलकोता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेको छ ।

कोलकोताले दिएको १८३ रनको लक्ष्यलाई बैंगलोरले १८.४ ओभरमा १ विकेट गुमाएर १८६ रन बनाउदै पुरा गरेको थियो । बैंगलोरका लागि कप्तान विराट कोहलीले नट आउट ७५ र एबी डेभीलियर्सले नट आउट ५९ रन बनाएका थिए । त्यस्तै क्रिस गेलले ४९ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्न आएको कोलकोताले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । कोलकोताका लागी कप्तान गौतम गम्भीरले ५१ र मनिष पाण्डेले ५० रन बनाएका थिए भने एंद्रे रशेलले नट आउट ३९ र सकिबुल हसनले १८ रन नट आउट बनाएका थिए । बैंगलोरका बलर अरभिन्दले २ विकेट लिएका थिए ।

बैंगलोरका कप्तान विराट कोहली खेलको म्यान अफ द म्याच बनेका थिए ।

जितसंगै बैंगलोर १२ खेलमा १२ अंकका साथ अंक तालिकाको पाचौ स्थानमा रहेको छ भने कोलकोता १२ खेलमा १४ अंकका साथ् दोस्रो स्थानमा रहेको छ ।