अनेमसंघ क्रान्तिकारीको महासचिवमा रेणु निर्वाचित, को को छानीए पदाधिकारीमा ?

renu dahal

काठमाडौं, १ जेठ ।
अखिल नेपाल महिला संघ९क्रान्तिकारी०को महासचिवमा रेणु दाहाल चुनिएकी छीन् ।
गत चैत्र २४–२६ सम्म काठमाडौंमा सम्पन्न भएको एकीकृत नेकपा माओवादीको भातृ संगठन छैटौं राष्ट्रिय सम्मेलनले १७५ सदस्यीय केन्द्रिय समिति निर्माण गरेको थियो ।
सम्मेलनबाट अध्यक्षमा धर्मशिला चापागाइलाई निर्वाचित गरेपनि अन्य पदाधिकारी छान्न सकेको थिएन ।

बैशाख ३० गते बसेको फ्याक्सन कमिटिको बैठकले रेणु दाहाललाई महासचिवमा निर्बाचित गर्दै उपाध्यक्षमा देवी खड्का, विमला सुवेदी, रेणु चन्द, ज्वाला शाह, वोधमाया यादव, शुसिला सिंखडा, विमला केसि, सरिता महर्जन, टीका वुढाथोकी, पार्वती पुन, गंगा वेल्वासे, दुर्गा जयन्ती राई, सीता दाहाल, पदमा राईलाई चयन गरेको छ । त्यसैगरी बैठकले गायत्री गुरुङ सहित १४ जनालाई सचिवमा चयनन गरेको छ ।

सचिव हुनेहरुमा गीता तिम्सिना, चम्पा कार्की ,रुवी कर्ण,कमला दोङ,मिथिला फुयाल,सरस्वती न्यौपाने ,सीता पौड्याल, कमला कार्की ,गोमा कुंवर, कुन्ति जोशी, अन्जु दहित, पार्वती थापा, शेखचांद तारा रहेका छन् ।
बैठकले इन्दिरा अधिकारीलाई कोषाध्यक्षमा चयन गरेको छ । यसरी क्रान्तिकारी महिलाको ३१ सदस्य पदाधिकारी निर्माण भएको छ ।
फ्याक्सन इन्चार्ज कमला रोक्काको अध्यक्षता तथा एमाओवादीका सचीव वर्षमान पून अनन्तको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।