नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको तेस्रो अधिवेशन सिड्नीमा हुने

sydneyमेलबर्न,१३ वैशाख /

नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको तेस्रो अधिवेशन सिड्नीमा हुने भएको छ ।

मञ्चको न्यू साउथ वेल्सको रकडेलमा हालै बसेको सचिवालय वैठकले तेस्रो अधिवेशनको मिति र स्थान तोकेको हो । मञ्चको सिड्नी अधिवेशन आगामी जुन १७ र १८ तारिखमा हुने तय भएको छ । अधिवेशन सम्पन्न गराउँन ५१ सदस्यीय आयोजक समिति पनि सोही वैठकले गठन गरेको छ । जसको संयोजक माण्डवराज कार्की रहनुभएको छ भने हिमलाल गैरे सह संयोजक हुनुहुन्छ । समितिको काम कारवाहीलाई सघाउन र प्रभावकारी बनाउँन ११ सदस्यीय सचिवालय पनि गठन गरिएको छ ।