यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
गर्मीमा आँखामा कस्ता समस्या आउँछन र कसरी समाधान गर्ने ? गर्मीमा आँखामा कस्ता समस्या आउँछन र कसरी समाधान गर्ने? काठमाडौं, ९ बैसाख / आँखा मानिसको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो । यसको सधैं हेरचाह र संरक्षण गरिरहनुपर्दछ । आँखाको महत्व त्यतिवेला मात्रै थाहा हुन्छ जतिवेला मानिसले आँखा हेर्न पाएको हुँदैन । त्यसैलेआँखामा कुनै समस्या आउनु अघि नै त्यसबारे ध्यान पुरयाउनुहोस् ।. गर्मी लाग्यो । चिकित्सकका अनुसार गर्मीमा आँखामा अझ धेरै समस्या आउन सक्छन् । वातावरणमा तापक्रमको वृद्धि, सहरी क्षेत्रमा गडबडी मोटरको चाप, काठमाडौँको सडक विस्तार, वातावरण प्रदूषण र फूलको कणले गर्दा कीटाणुहरुको संक्रमण बढ्ने गर्छ । त्यस्तै, गर्मीमा सुक्खापन हुने भएकाले आँखामा रहेको आँसु बाष्पीकरण भएर जाने भएकाले पनि समस्या आउँछ । यसले आँखा पाक्ने, चिलाउने, रातो हुने, परेलीमा चायाँ हुने र पोल्नेजस्ता समस्या आउने गर्दछन् ।. समाधान के ? यस्ता समस्या आउन नदिन पर्याप्त मात्रामा पानी खाने, मुख धुने, आराम गर्ने, कृत्रिम आँसुको प्रयोग गर्ने, घाममा हिँड्दा सनग्लासको प्रयोग गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । जसले आँखालाई शीतलता प्रदान गर्नुका साथै ओसिलो बनाइराख्छ । यसैगरी, तरल पदार्थयुक्त खानेकुरा खाने गर्नुपर्छ । कम्प्युटर वा घाममा काम गर्नेले केही समय आँखालाई आराम दिने गर्नुपर्छ । आँखामा केही समस्या देखिनेबित्तिकै सम्बन्धित चिकित्सकसँग सल्लाह लिने, आँखामा संक्रमण हुने बित्तिकै सरसफाईमा ध्यान दिन डा। शर्मा सल्लाह दिन्छन् । ‘हरेकले घरमा कृत्रिम आँसु राखेर उपयुक्त समयमा आँखामा राख्नुपर्छ,’चिकित्सकहरुका अनुसार यो पानीजस्तै भएकाले आँखालाई कुनै हानि गर्दैन ।’. आँखामा धुलो पर्दा के गर्ने? आँखामा केही वस्तु पर्दा मिच्नु हुँदैन । जति सक्दो छिटो सफा पानीले आँखा धुने गर्नुपर्छ । सानो कण छ भने आँसुले नै बगाउँछ । त्यसैले आत्तिनु हुँदैन र ऐनामा गएर कपासको टुप्पो बनाई बाहिर निकाल्नुपर्छ । बालबालिकाको आँखामा धुलोका कण पर्न गएमा आमाको दूध हाल्दा त्यसले शीतलता प्रदान गर्नुको साथै धुलोका कणलाई बाहिर निकाल्न मद्दत गर्दछ । त्यस्तै, आँखा घोचियो भने पनि निकै समस्या आउने गर्छ । कडा खालको बस्तुले आँखामा चोट लागेमा ज्योति नै गुमाउनुपर्नेसम्मको परिस्थिति आउने भएकाले चाँडो स्वास्थ्य संस्था जानुपर्ने चिकित्सक बताउँछन् ।. आँखा किन रातो हुन्छ? सुक्खापन, एलर्जी, आँखामा मासु पलाउनुजस्ता कारणले आँखा रातो हुने गर्छ । कतिपयमा ब्लडप्रेसरको समस्याका कारण पनि नसा फुटेर आँखा रातो हुने गर्छ । परेलीमा चायाँ परेर दुवै आँखा रातो हुने गर्छ । आँखा रातो के कारणले भयो रु कति दिन जति भयो रु भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । रातोसँगै चिप्रा पनि आएको छ भने फेरि त्यो संक्रमणको कारण हुन सक्छ ।. आँखाको परेलीमा चायाँ पर्ने समस्याले बढी जस्तो व्यक्तिलाई सताउने गर्छ । आँखाको परेलीमा चायाँ परेको सामान्य तया बाहिरबाट हेर्दा नै थाहा हुने गर्छ । रौँहरु चिप्केको अवस्थामा छ भने पनि चायाँको समस्या हुन सक्छ । चिल्लो छाला भएका व्यक्तिमा यो समस्याले बढी सताउने गर्छ । आफ्नो आँखामा माथि उल्लेखीत कुनै समस्या वा लक्षण छन् भने ढिला नगरी आँखा जाँच गराइहाल्नुस । नत्र पछि दुःख पाइएला ।.
गर्मीमा आँखामा कस्ता समस्या आउँछन र कसरी समाधान गर्ने ?
काठमाडौं, ९ बैसाख /
आँखा मानिसको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो । यसको सधैं हेरचाह र संरक्षण गरिरहनुपर्दछ । आँखाको महत्व त्यतिवेला मात्रै थाहा हुन्छ जतिवेला मानिसले आँखा हेर्न पाएको हुँदैन । त्यसैलेआँखामा कुनै समस्या आउनु अघि नै त्यसबारे ध्यान पुरयाउनुहोस् ।
गर्मी लाग्यो । चिकित्सकका अनुसार गर्मीमा आँखामा अझ धेरै समस्या आउन सक्छन् । वातावरणमा तापक्रमको वृद्धि, सहरी क्षेत्रमा गडबडी मोटरको चाप, काठमाडौँको सडक विस्तार, वातावरण प्रदूषण र फूलको कणले गर्दा कीटाणुहरुको संक्रमण बढ्ने गर्छ । त्यस्तै, गर्मीमा सुक्खापन हुने भएकाले आँखामा रहेको आँसु बाष्पीकरण भएर जाने भएकाले पनि समस्या आउँछ । यसले आँखा पाक्ने, चिलाउने, रातो हुने, परेलीमा चायाँ हुने र पोल्नेजस्ता समस्या आउने गर्दछन् ।
समाधान के ?
यस्ता समस्या आउन नदिन पर्याप्त मात्रामा पानी खाने, मुख धुने, आराम गर्ने, कृत्रिम आँसुको प्रयोग गर्ने, घाममा हिँड्दा सनग्लासको प्रयोग गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । जसले आँखालाई शीतलता प्रदान गर्नुका साथै ओसिलो बनाइराख्छ । यसैगरी, तरल पदार्थयुक्त खानेकुरा खाने गर्नुपर्छ । कम्प्युटर वा घाममा काम गर्नेले केही समय आँखालाई आराम दिने गर्नुपर्छ ।
आँखामा केही समस्या देखिनेबित्तिकै सम्बन्धित चिकित्सकसँग सल्लाह लिने, आँखामा संक्रमण हुने बित्तिकै सरसफाईमा ध्यान दिन डा। शर्मा सल्लाह दिन्छन् । ‘हरेकले घरमा कृत्रिम आँसु राखेर उपयुक्त समयमा आँखामा राख्नुपर्छ,’चिकित्सकहरुका अनुसार यो पानीजस्तै भएकाले आँखालाई कुनै हानि गर्दैन ।’
आँखामा धुलो पर्दा के गर्ने ?
आँखामा केही वस्तु पर्दा मिच्नु हुँदैन । जति सक्दो छिटो सफा पानीले आँखा धुने गर्नुपर्छ । सानो कण छ भने आँसुले नै बगाउँछ । त्यसैले आत्तिनु हुँदैन र ऐनामा गएर कपासको टुप्पो बनाई बाहिर निकाल्नुपर्छ । बालबालिकाको आँखामा धुलोका कण पर्न गएमा आमाको दूध हाल्दा त्यसले शीतलता प्रदान गर्नुको साथै धुलोका कणलाई बाहिर निकाल्न मद्दत गर्दछ । त्यस्तै, आँखा घोचियो भने पनि निकै समस्या आउने गर्छ । कडा खालको बस्तुले आँखामा चोट लागेमा ज्योति नै गुमाउनुपर्नेसम्मको परिस्थिति आउने भएकाले चाँडो स्वास्थ्य संस्था जानुपर्ने चिकित्सक बताउँछन् ।
आँखा किन रातो हुन्छ ?
सुक्खापन, एलर्जी, आँखामा मासु पलाउनुजस्ता कारणले आँखा रातो हुने गर्छ । कतिपयमा ब्लडप्रेसरको समस्याका कारण पनि नसा फुटेर आँखा रातो हुने गर्छ । परेलीमा चायाँ परेर दुवै आँखा रातो हुने गर्छ । आँखा रातो के कारणले भयो रु कति दिन जति भयो रु भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । रातोसँगै चिप्रा पनि आएको छ भने फेरि त्यो संक्रमणको कारण हुन सक्छ ।
आँखाको परेलीमा चायाँ पर्ने समस्याले बढी जस्तो व्यक्तिलाई सताउने गर्छ । आँखाको परेलीमा चायाँ परेको सामान्य तया बाहिरबाट हेर्दा नै थाहा हुने गर्छ । रौँहरु चिप्केको अवस्थामा छ भने पनि चायाँको समस्या हुन सक्छ । चिल्लो छाला भएका व्यक्तिमा यो समस्याले बढी सताउने गर्छ ।
आफ्नो आँखामा माथि उल्लेखीत कुनै समस्या वा लक्षण छन् भने ढिला नगरी आँखा जाँच गराइहाल्नुस । नत्र पछि दुःख पाइएला ।