
बजेटमा जनतालाई राहत दिने कार्यक्रम समावेश गर्न मन्त्रीहरुलाई प्रचण्डको निर्देशन
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा समावेश हुने कार्यक्रम दुई दिनभित्र पार्टीमा बुझाउन आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई निर्देशन दिएका छन्।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार वित्त तथा अर्थ विभागको बैठक बोलाई अध्यक्ष प्रचण्डले समाजवाद उन्मुख नीतिअनुरुप जनताले राहतको महसुस गर्ने कार्यक्रम बजेटमा समावेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । उनले जनतालाई प्रत्यक्ष राहत दिने कार्यक्रम समावेश गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिए । संविधानले समाजवादको नीति अख्तियार गरेकाले त्यही अनुसारका कार्यक्रम तर्जुमा गर्न मन्त्रीहरुलाई सुझाव दिएका हुन् ।
त्यसैगरी अध्यक्ष प्रचण्डले सरकारको ६ महिनाको कामकारबाहीबाट जनता सन्तुष्ट हुन नसकेको भन्दै परिणाममुखी काम गर्नसमेत मन्त्रीलाई निर्देशन दिए । अब कुनै पनि बहाना देखाएर मन्त्रीहरु उम्कन नपाउने उनको भनाई थियो ।
