कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

इराकी सहर रमादीमा सामूहिक चिहान फेला

काठमाडौैंं,८ वैशाख  ।

1461122918iraq

इराकी प्रहरीले पश्चिमी सहर रमादीमा दुई सामूहिक चिहान फेला पारेको छ । अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले हत्या गरेर गाडेका शव फेला परेको हो ।

चिहानमा ४० वटा शव फेला परेको बताइएको छ । अधिकारीहरुका अनुसार महिला र बालबालिकाको शवसमेत फेला परेको छ ।

सहरको एक फुटबल मैदानमा सामूहिक चिहान फेला परेको हो । उक्त सहर गत वर्षको मे महिनामा आइएसले कब्जामा लिएको थियो । गत वर्षको डिसेम्बरमा उक्त सहरबाट आइएसलाई इराकी सेनाले भगाएको थियो । (एजेन्सी)

 

छान्नुहोस् र सुन्नुहोस्